दाङ । दाङको तुलसीपुरस्थित एउटा आइएमईबाट पाँच लाख ३५ हजार रुपैयाँ नगद चोरी भएको छ ।
तुलसीपुरको केन्द्रबिन्दु मानिने बिपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
सिसी क्यामेराको रेकर्ड हेर्दा बिहान चोरले उक्त आइएमईको घर्राको ताला फोडेर नगद चोरी गरेको आइएमईकी सञ्चालक किरण पुनले जानकारी दिए ।
चोरले ताला फोडेर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ ।