आइएलटीएस परीक्षा अब विर्तामोडमै

  प्रकाशित मिति
२१ पुष २०७३, बिहीबार ११:२१


बिर्तामोड । झापाको बिर्तामोडमा पनि अब आइएलटीएसको परीक्षा सञ्चालन हुने भएको छ । यसअघि आइएलटीएसको परीक्षा दिन काठमाडौँ, विराटनगर, भारतको सिलीगुढी लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।
अष्ट्रेलियामा मुख्य कार्यालय रहेको आईडीपी एजुकेशनले बिर्तामोडमै परीक्षा दिन पाउने व्यवस्था गरेको हो । ब्रिटिस काउन्सिल, आईडीपी र क्याम्ब्रिजले आईएलटीएसको परीक्षा लिने गरेका छन् ।
आईडीपीले भर्खरै बिर्तामोडमा पनि परीक्षा लिने निर्णय गरेको हो । परीक्षा प्रत्येक महिनामा हुने र आवश्यक परे महिनामा दुई पटकसम्म पनि सञ्चालन गर्न सकिने नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का पूर्वाञ्चल अध्यक्ष दीवाकरलाल चौधरीले बताए ।
यसैबीच अध्यक्ष चौधरीले शिक्षा मन्त्रालयमा सूचिकृत भएर मात्र व्यवसाय गर्न कन्सल्टेन्सी सञ्चालकहरुलाई अनुरोध गरेका छन् । स्वच्छ र मर्यादित ढङ्गले व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरे । शिक्षा मन्त्रालयमा सूचिकृत नभएको कन्सलटेन्सीले विद्यार्थीलाई भ्रममा पार्न नहुने उनको तर्क छ ।
‘विद्यार्थीले पनि आफू पढ्न जाने कन्सल्टेन्सी दर्ता छ÷छैन भनी चासो लिनुपर्छ,’ उनले भने, ‘आइएलटीएसको जाँच लिनुभन्दा अगाडि भरिने डेट फारम आईडीपीको आधिकारिक बुकिङ पार्टनरबाट मात्र भर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: