आइतबारसम्म पर्खिन उद्योगी–व्यवसायीसँग आग्रह

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार ०९:२३


मेचीनगर । कोरोना भाइरस रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले जेठ ३२ गतेसम्म घोषणा गरेको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयनका लागि झापाली उद्योगी व्यवसायीसहित सवैमा अनुरोध गरेको छ ।

शुक्रबार बिर्तामोडस्थित होटल हिकोला हेरीटेजमा उद्योगी व्यवसायी, दलका प्रमुख प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिबीच भएकोे छलफलमा समितिले यस्तो आग्रह गरेको हो ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोेमनाथ पोर्तेलको सभापतित्वमा भएको छलफलमा उद्योग बाणिज्य संघ मार्फत पेश भएको ज्ञापन पत्रको हकमा मिति २०७७ जेठ २५ गते जिसस झापाको सभाहलमा झापा जिल्लास्थित उद्योग बाणिज्य संघका प्रमुख प्रतिनिधिहरुसँग उद्योग व्यपार सञ्चाल गर्ने मोडालिटीको सुझाव संघीय सरकारमा पठाउने निर्णय भएको छ ।

यसअघि भएका सवै निर्णयहरुलाई प्रभावकारीरुपमा एकरुपताका साथ सञ्चालन गर्न सवै पालिकाहरुलाई आग्रह गर्ने छलफलले निर्णय गरेको छ ।

छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रमुख सेनानी अमरजंग थापा, उप अनुसन्धान निर्देशक सुशान्त वराल, नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, उद्योगी टीकाराज ढकाल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेस झापा सभापति उद्घव थापा, राजपा झापा अध्यक्ष अनुतसिहं राजवंशी, राप्रपाका कमल खरेल, सद्भावना पार्टीका संगीता रौनियर लगायतकोे उपस्थिती थियो ।

यसअघि झापाका उद्योगी व्यवसायीहरुले २४ गतेदेखि झापाका उद्योग व्यवसाय सञ्चालन गर्ने बताएपनि २५ गतेको निर्णय नआइञ्जेल समितिको आग्रहलाई स्वीकार गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: