सोमबार धुलाबारीमा ‘टिकटक प्रतियोगिता’

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ११:००


मेचीनगर, २० साउन । नेविसंघ मेचीनगर समितिले सोमबार धुलाबारीमा ‘टिकटक प्रतियोगिता’ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेविसंघले साउन २३ गते मेचीनगर–१० को धुलाबारी स्थित पासाङ ल्हामु टाउन हलमा टिकटक प्रतियोगिता गर्ने भएको हो ।

झापा क्षेत्र नम्बर १ बाट भर्खरै एसईई पास गरेका विद्यार्थीहरुलाई समेत सो कार्यक्रममा सम्मान गरिने नेविसंघ मेचीनगरका सभापति रोशन खड्काले बताए ।

एसईईको पुरक परीक्षा दिन लागेका विद्यार्थीहरुलाई आगामी साउन २७ देखि भदौ ७ गतेसम्म निःशुल्क कोचिङको व्यवस्था गरिएको नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि रुपसागर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: