आइपुग्यो पीसीआर ल्याबको सामान, बधाइ अभियन्ताहरु

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार ०९:५१


मेचीनगर, ६ साउन । झापामा समुदायबाट संकलित रकमबाट खरिद गरिएको पीसीआर ल्याबका उपकरणहरु आइपुगेको छ ।

‘एकका लागि एक अभियान’बाट दुई महिना अघि महेन्द्र गिरी, बिनोद बस्नेत लगायत सामाजिक अगुवाहरुले ल्याब स्थापनाका लागि चन्दा संकलन सुरु गरेका थिए ।

कनकाईको कोटीहोमस्थित समर्पण भवनमा ल्याब राखिने भएको छ भने ल्याबका सामानको पहिलो खेप आइपुगेको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।

‘महत्वपूर्ण सामानहरु आइपुगेको छ, जडान समेत सुरु भइसकेको छ,’ सहसंयोजक बस्नेतले लोकतन्त्र पोस्टसँग भने–‘छिटै ल्याब सञ्चालन हुने विश्वास दिलाउन चाहन्छौं ।’

प्रदेश नं. १ मै झापामा कोडिभ–१९ का संक्रमितहरुको संख्या ज्यादा छ । तर संक्रमित हो कि होइन भनेर स्वाव परीक्षण गराउन झापाबाट विराटनगर र धरान पुग्नु पर्ने अवस्था छ ।

यही कठिनाईलाई ध्यानमा राखेर सामाजिक सेवामा सक्रिय युवाहरुलाई समेटेर सहारा नेपालका संस्थापक महेन्द्र गिरीले एकका लागि एक अभियानको अवधारणा अघि सारेर कोरोना महामारीबाट प्रभावितलाई राहत सहयोग पुर्याउन सुरु गरेका थिए । त्यही अभियान पीसीआर ल्याव खरिद गर्ने योजनामा होमिएको हो ।

सरकारले झापामा पीसीआर ल्याव बनाउने घोषणा गरे तापनि स्थानका बारेमा विवाद चुलिएकै बेला अभियानले समुदायको सहयोगमा ल्याव किन्न उक्त अभियान चलाएको थियो । आज अभियानले सार्थकता पाएको छ ।

सहसंयोजक बस्नेतका अनुसार ल्याव किन्नका लागि देश र विदेशबाट एक करोड २० लाख रुपैयाँ सहयोगको बचन अभियानलाई प्राप्त भइसकेको छ । तर सबै रकम नगदमा प्राप्त भइसकेको छैन ।

ल्याब खरिद र जडानमा एक करोड ३० लाख रुपैयाँसम्म खर्च हुने अभियन्ताहरुको अनुमान छ । मंगलवारदेखि सुरुंगास्थित समर्पण भवनमा ल्याबका सामान जडान धमाधम भइरहेको छ ।

ल्याव स्थापना गरे पश्चात प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने र त्यहाँ लाग्ने जनशक्ति प्रदेश सरकारले नै व्यवस्था गर्ने भएको छ ।

(फोटोहरु : लीला चिमरियाको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: