आइसीयू सञ्चालनमा ल्याउ

  प्रकाशित मिति
४ फाल्गुन २०७२, मंगलवार ०६:१६


मेची अञ्चलकै ठूलो सरकारी अस्पताल मेची अञ्चल अस्पतालमा आइसीयू सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा आइसीयू सञ्चालन गर्ने निर्णय चार वर्षदेखिको हो । तर, सम्बन्धित निकायले चासो नदिँदा आइसीयू अलपत्र छ । आइसीयू सञ्चालनका लागि खरिद गरिएका उपकरण अहिले थन्किएका छन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएको यो लापरबाहीको नमुना पनि हो । आइसीयूका लागि आवश्यक पर्ने जनशक्ति नभएको भनेर अस्पताल पन्छिन मिल्दैन । अस्पतालले मन्त्रालयसँग आवश्यक पहल गर्ने हो । त्यसका लागि अस्पतालले तदारुकता देखाउनै पर्छ ।

मेची अञ्चल अस्पताल पूर्वकै एकमात्र सरकारी अस्पताल हो । गरीब र विपन्न वर्ग बिरामीले सर्वसुलभ सेवा लिन सकुन् भन्ने उद्देश्यले सरकारले अस्पताल खोलेको हो । तर, मेची अस्पतालमा सेवाको उपकरण नहुनु र भएका पनि प्रयोगमा नआउनु दुःखलाग्दो पक्ष हो । अस्पताल प्रशासनले यस्ता उपकरण सञ्चालन ल्याउन नसक्दा बिरामीले भरपर्दो सेवा लिन पाएका छैनन् । त्यसैका कारण बिरामी निजी अस्पताल धाउन बाध्य छन् । यो स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति पनि हो । सरकारी अस्पताललाई आधुनिक उपकरणसहित सञ्चालनमा नल्याएसम्म सेवा प्रभावकारी हुन सक्दैन ।

आइसीयू सञ्चालनका लागि अस्पतालले मन्त्रालयलाई दबाब दिने हो । त्यसका लागि अस्पताल विकास समितिले स्वास्थ्य मन्त्रालयसँग निरन्तर पहल थाल्नुपर्छ । आइसीयूका लागि सबै प्रक्रिया अघि बढाइएकाले सञ्चालनमा अब ढिलाइ गर्नु हुन्न । स्वास्थ्य सेवाप्रति सरकारले पनि संवेदनशील भएर सञ्चालनको वातावरण तयार गर्नुपर्छ । त्यसो गरेमात्र सरकारी अस्पतालको सेवा गुणस्तरीयताप्रति आम समुदायमा विश्वास हुन्छ । अन्यथा अस्पतालको सेवाप्रति विश्वस्त हुने स्थिति बन्दैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: