आइसोलेसन वार्डमा बसेका व्यक्तिमा कोरोना, अस्पतालका सबै होम क्वारेन्टाइन

  प्रकाशित मिति
२ असार २०७७, मंगलवार १९:५७


मेचीनगर । भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखिएका एक जना पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका डाक्टर, नर्स, कर्मचारी लगायत २५ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ ।

कचनकवल गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुष भारतबाट गत जेठ २९ गते आएका थिए । उनलाई सिधै मेची अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

गत जेठ ३२ गते पीसीआर टेष्ट गरिएको उनको मङ्गलबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

अस्पतालको आइसोलेसन वार्डमा बसेका उनको कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँका डाक्टर, नर्स, कर्मचारीसहित २५ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको उनले जानकारी दिए ।

सोमबार उक्त अस्पतालको आइसोलेसनमा बसेका भद्रपुर–८ का ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीपनि भारतबाट गत जेठ ३१ गते आएका थिए । दुवै जनालाई विपि कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल पठाइएको उनले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: