आईसीयु सामग्री भण्डारमा थन्किए

  प्रकाशित मिति
४ फाल्गुन २०७२, मंगलवार ०७:०३


mechi anchal
झापा, ४ फागुन । झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) सञ्चालनका लागि खरिद गरिएको विभिन्न सामग्री ४ बर्षदेखि भण्डार कक्षमा थन्किएको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक जनशक्ति नपठाएकाले आईसीयु सञ्चालन गर्ने योजना अलपत्र भएको अस्पताल प्रशासनको भनाई छ ।
आईसीयुका लागि अस्पतालले झापा जिल्ला विकास समितिको सहयोगमा ४ वेडको कक्ष चार वर्ष अघि नै निर्माण गरिसकेको छ । उपचारमा आवश्यक पर्ने उपकरण समेत अस्पतालले जुटाइसकेको छ । ती सबै सामान स्टोरमा राखिएको छ ।

आईसीयु सञ्चालनका लागि एक जना एनेस्थोलोजिस्ट, एक जना मेडिकल अफिसर र २ जना स्टाफ नर्स आवश्यक हुने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्वर ठाकुर बताउँछन् । इमर्जेन्सी ल्याव समेत चाहिने उनको भनाई छ ।

भौतिक पूर्वाधार व्यवस्थापन भएमा जनशक्ति उपलब्ध गराउने मन्त्रालयले आश्वासन दिएपछि आईसीयुको उपकरण किनिएको मेसु डा. ठाकुरले बताए ।
आउँदो चैतमा मन्त्रालयले दरवन्दी बमोजिम एनेस्थोलोजिस्ट डाक्टर र स्टाफ नर्स पठाउने जनाएकाले त्यसपछि आईसीयु सञ्चालन गरिने उनले बताएका छन् । मेची अञ्चलका कुनै पनि सरकारी अस्पतालमा हालसम्म आईसीयुको सुविधा छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: