आकर्षक गन्तव्य बन्दै ‘धारागोला’

  प्रकाशित मिति
२९ मंसिर २०७२, मंगलवार ०६:२३


dharagola 1
बर्ने । उत्तरी झापास्थित शान्तिनगरको धारागोला क्षेत्र दृश्यावलोकनका लागि जिल्लाकै पृथक पहिचान भएको आकर्षक पर्यटकीय गन्तब्य बन्न सक्ने देखिएको छ ।

शान्तिनगर–६ मा पर्ने धारागोलामा रहेको जिल्लाकै सबैभन्दा अग्लो ‘भ्यूटावर डाँडा’बाट झापाका अधिकांश ठाउँ दृश्यावलोकन गर्न सकिन्छ ।
मेची राजमार्गको बर्नेचोकबाट केही पश्चिमतर्फ भ्यूटावर डाँडा पुग्न यातायातका दृष्टिले समेत सहज छ । पूर्व पश्चिम राजमार्गको चारआलीबाट करीव ११ किलोमिटरको दूरीमा यो स्थान पर्दछ ।

बर्षौदेखि स्थानीयबासीको थकाइ मार्ने चौतारीको रुपमा रहेको यो क्षेत्र बाह्य समाजका लागि ओझेलमा पर्दै आएको थियो । २०६४ सालमा स्थानीय नमुना सामुदायिक बन समितिले दृश्यावलोकनका लागि महत्वपूर्ण ठानेर यो डाँडामा एउटा काठको हवाई घर निर्माण गरेको थियो । हाल सो स्थानमा घेराबेरासहित ५ तले पक्की भ्यूटावर निर्माण भइरहेको छ ।

१ करोड २० लाखको व्रmमागत सरकारी बजेटमा भ्यू टावर निर्माण भइरहेको धारागोला भ्यूटावर समितिका अध्यक्ष चव्रm शेर्मा बताउँछन् । भ्यूटावरसम्म पुग्नका लागि मेची राजमार्गबाट ग्राभेल बाटो पु¥याइएको छ ।
धारागोला पर्यटकीय क्षेत्रमा जरेटार, तामाकोट, झोलुङ्गे पुल र बर्ने चिया कमान जस्ता आकर्षक पर्यटकीय स्थलको पहिचान भइसकेको छ ।

पिकनिक, हाइकिङ, दृश्यावलोकन र सुटिङका लागि यो क्षेत्र उपयुक्त रहेको बर्ने माध्यमिक विद्यालयका शिक्षक बासु नेउपाने बताउँछन् ।

साह्रै राम्रो ठाउँ भएर पनि प्रचारको अभाव भएको उल्लेख गर्दै स्थानीय युवा रुद्र भण्डारी शान्तिनगर वातावरणीय सम्पदाका लागि झापाकै सर्वोत्तम स्थल रहेको बताउँछन् । उनले धारागोला दृश्यावलोकनका लागि पर्यटक आकर्षण गर्न योग्य क्षेत्र भएको बताए ।

यहाँको पर्यटकीय प्रबर्धन गर्ने उद्देश्यले यही पुस १ देखि ५ गतेसम्म ‘धारागोला भ्यूटावर, पर्यटन तथा कृषि महोत्सव’को आयोजना भइरहेको छ ।
भ्यूटावर नजिकैको वाल विकास केन्द्रको प्राङ्गणमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल समितिका सचिव सुमन लेप्चाले जानकारी दिएका छन् ।

यहाँ महोत्सव हुन लागेका दोस्रोपटक हो । गत वर्ष पहिलो महोत्सव सफलतापूर्वक भएको थियो । महोत्सवमा दृश्यावलोकन, कृषि उपजको प्रदर्शनी, रमाइलो मेला र साङ्गीतिक कार्यव्रmम हुने समितिका सचिव लेप्चा बताउँछन् ।

महोत्सवमा राष्ट्रिय कलाकारहरू तारा लक्सम, सुगम पोखरेल, डम्वर नेपाली, मनोज गजुरेल, लोचन लावती, श्रीकृष्ण लुइँटेल लगायतको उपस्थिति रहने बताइएको छ । महोत्सवमा ३ लाख भन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: