आकाशबाट आफ्नै गाउँ हेर्ने रहर

  प्रकाशित मिति
११ पुष २०७६, शुक्रबार २०:३३


मेचीनगर । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको हेलिकप्टरमा चढ्न पाउँदा स्थानीय निकै हर्षित भएका छन् । न्युनतम् शुल्कमा हेलिकप्टरमा उड्न पाउने भएपछि महोत्सवमा आउनेहरुको हेलिकप्टर चढ्ने चाहना पुरा हुने भएपछि खुशी भएका हुन् ।

धुलाबारीमा चलिरहेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा हेलिकप्टर सवार मुख्य आकर्षणको रुपमा रहेको छ । महोत्सवको तेस्रो दिन हेलिकप्टरमा चढ्नलाई लाइन नै लागेको थियो । महोत्सवस्थलदेखि माता पाथीभरा दर्शन गर्न जान पाउने साथै झापा अवलोकन तथा महोत्सव स्थल नै अवलोकन गर्न पाइनेछ ।

शुक्रबारको लागि आयोजकले हेलिकप्टर सवार हुनको लागि टिकटदर ६ हजारबाट घटाएर ३ हजार ५ सय मात्र बनाएपछि हेलिकप्टर चढ्नेहरुको सङ्ख्या बढेको थियो । त्यस्तै, आइतबारको लागि पनि सोही अनुरुपको टिकट रहने आयोजक मेची उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष किशोर क्षेत्रीले बताए । उनका अनुसार शुक्रवार हेलिकप्टर चढेर पाथीभराको दर्शन गर्नेको सङ्ख्या ५ जना साथै धुलाबारी तथा महोत्सव परिसर परिक्रमा गर्ने २५ जना रहेका थिए ।

महोत्सवमा आउने अवलोकनकर्ताहरुले हेलिकप्टरमा उडेर आफ्नो वर्षौं पुरानो मनोकामना पुरा हुने भन्दै खुशी व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिकी उषा श्रेष्ठ हेलिकप्टर चढ्न भनी निकैबेर लाइनमा बसिन् । तर, समय अभावको कारण चढ्ने अनुकूल नमिलेपछि आइतबारसम्म पर्खिनुपर्ने भयो ।

श्रेष्ठसँगै हेलिकप्टरको सवार हुन नपाउने धेरै मानिसहरु आइतबार कहिले आउँछ भन्दै फर्किए । हेलिकप्टर चढ्नेको मात्र भएको होइन, धुलाबारीको आकाशमा हेलिकप्टरले बारबार फन्को लगाउँदा स्थानीहरु समेत निकै उत्सुक भएका छन् ।

हेलिकप्टरबाट ओर्लिएपछि रोयल निर्वान होटलका लिलाबहादुर पाण्डे आकाशबाट आफ्नो सहरलाई हेर्न पाउँदा हर्ष व्यक्त गरे । उनले भने, ‘हेलिकप्टर धेरै चढेको भएपनि आफ्नो ठाउँ हेर्न पाउँदा खुशी लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: