आगलागीमा २५ लाखको क्षति

  प्रकाशित मिति
२३ फाल्गुन २०७२, आईतवार ०३:१५


झापा । झापाको मेचीनगर–२ स्थित किरण किराना पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढी मूल्यको मालसामान डढेर क्षति भएको छ ।

पसलका सञ्चालक दिलीप साहले शनिबार राति १२ बजेतिर विद्युत सर्ट भएर पसलमा आगो सल्केको हुनसक्ने र मेचीनगर नगरपालिकाको दमकलले आगो निभाएको जानकारी दिए ।

पसल सञ्चालक पसल नजिकै बस्दै आएका भए पनि आगलागीका बेला उहाँहरुको परिवारै आफन्तको विहेमा गएका कारण आगो लागेको बेलैमा थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: