आगलागी पीडितलाई अटोमेकानिक्स ट्रेड युनियनको सहयोग

  प्रकाशित मिति
१४ पुष २०७६, सोमबार १९:१५


भद्रपुर । मोटरसाईकल ग्यारेजका आगलागी पीडितलाई मेकानिक्सहरुले चालिस हजार सहयोग गरेका छन ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन जिल्ला कमिटी झापाको सहकार्यमा पीडित मोटरसाईकल ग्यारेजका सञ्चालक भुपेन्द्र यादवलाई सोमबार ४० हजार रुपैयाँ सहयोग गरेको हो ।

युनियनले झापाका विभिन्न मोटरसाईकल ग्यारेज तथा पार्टस पसलहरुबाट उक्त रकम संकलन गरेको थियो । नेपाल अटोमेकानिक्स ट्रेड युनियन जिल्ला कमिटीकी अध्यक्ष निर्मला परियार (निरु) ले सम्पुर्ण अटोमेकानिक्स व्यवसायी, मजदुरहरुले विपदका बेलामा एकजुट हुन आग्रह गरेकी थिइन् ।

ग्यारेजमा कसले आगलागी गराएको हो भन्ने अझै पत्ता नलागेको पीडित यादवको भनाई छ । प्रहरी तथा नगरपालिकालाई यस विषयमा निवेदन दिए पनि आगो लगाउने व्यक्ति अहिलेसम्म पक्राउ पर्न नसकेकोमा युनियन आक्रोसित बनेको छ ।

भद्रपुर–८ अस्पतालमोड स्थित जनता ग्यारेजमा गत मंसिर २५ गते आगलागी हुँदा करिव १० लाख भन्दाबढी मुल्यका पार्टपुर्जा, मोविल, औजार, कम्युटर मेसिन लगायतका सामाग्री नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: