आगामी बजेटमा भत्ता बढ्छ ः प्रम ओली

  प्रकाशित मिति
१ कार्तिक २०७५, बिहीबार १७:०९


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकहरुको भत्ता बढाउने बताएका छन् ।

आफ्नो सरकार गठन हुँदा मुलुकको ढिकुटी रित्तो अवस्थामा रहेको कारण यस वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनले बताए ।

दशैंको उपलक्ष्यमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज विर्तामोडमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रम ओलीले उक्त कुरा बताएका हुन् ।

‘भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकहरुलाई नरमाइलो लागिरहेको होला’, प्रम ओलीले भन्नु भयो–‘आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।’

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताए ।

प्रम ओलीले भने–‘मैले कत्र्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्न ।’

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतको उपस्थिति रहेको थियो ।

नेकपाका अध्यक्ष समेत रहनु भएको प्रम ओली हरेक वर्ष दशैंको उपलक्ष्यमा महानवमीको दिन आफ्नो गृहजिल्लामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: