आगो निभ्यो, अकल्पनीय क्षतिबाट जोगियो हनुमान सेन्ट्रल

  प्रकाशित मिति
११ श्रावण २०७६, शनिबार २१:५९


विर्तामोड । विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा शनिवार साँझ सात बजे सुरु भएको आगलागी प्रहरी र सेनाको अथक प्रयास र दमकलको सहायताले डेढ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा एउटा जुत्ता पसल मात्र जलेर खरानी भएको छ भने अरु सबै पसल बेलैमा आगो नियन्त्रणमा आएका कारण जोगिएका छन् ।

छ तला भएको व्यापारिक भवनमा राति ८ ः ३० बजेतिर आगलागी पुरै नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता डीएसपी मेहन्द्रकुमा श्रेष्ठले जानकारी दिए । विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएका दमकलले आगलागी नियन्त्रण गरेका थिए ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्त रुपमा परिचालित भएको थियो । पहिलो तलामा रहेको दिनेश पाठकको एरिक जुत्ता पसलको एयर कन्डिसनरमा विद्युत सर्ट भएर आगलागी भएको र आगलागीबाट सोही पसल मात्र ध्वस्त भएको थियो ।

भवनमा बिराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई बैङ्क, दुई वटा डिपार्टमेन्टल स्टोरलगायत सयौं व्यापारिक पसल रहेका छन् ।

आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगलागीमा पसलको करीव २ करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।

हनुमान सेन्ट्रलमा दैनिक राति ८ बजेसम्म पसलहरु खुल्ने गरे तापनि शनिवार चाहिँ साँझ ७ बज्नु अगावै सबै पसलहरु बन्द हुँदै आएको पहिलो तलामा कोशेली घर नामक पसल सञ्चालन गर्दै आएका कलाकर्मी माधव कल्पितले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: