आचार्यलाई मोफसलकै ठूलो राशीको पुरस्कार

  प्रकाशित मिति
२८ माघ २०७६, मंगलवार १९:३४


बिर्तामोड । बिर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक केशव आचार्यलाई मोफसलकै ठूलो राशीको पुरस्कार गोपालचन्द्र गोतामे स्मृति प्रतिष्ठानले आफ्नो नवौं पुण्य तिथीमा सम्मान गर्ने भएको छ ।

मोफसलमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर सेवारत पत्रकारलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार प्रधानसम्पादक आचार्यलाई एकतोला सुनको लकेटद्वारा सम्मान गर्न लागिएको प्रतिष्ठानका चन्द्रकिशोर झाले जानकारी दिए ।

२०११ साल बैशाख ८ गते पिता रङ्गलाल र माता पुण्यवता आचार्यका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका आचार्यले २०३५÷३६ सालदेखि साहित्यिक पत्रिकाका माध्यमबाट मिसन पत्रकारिता सुरु गरेका थिए ।

विश्वदिप साहित्यिक मासिक पत्रिकाको प्रबन्ध निर्देशकका रुपमा २०३७ सालबाट सञ्चारकर्ममा प्रवेश गरी झापाबाट प्रकाशित हुने शनिबार साप्ताहिक, पूर्वाञ्चल दैनिक, झापा एक्सप्रेस, आरम्भ एफएम, काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिक, सुरुची र स्वतन्त्रता साप्ताहिक तथा स्पेस टाइम दैनिकमा काम गरिसकेका आचार्य पत्रकारिता सँगसँगै साहित्य सिर्जनामा पनि त्यत्तिकै सशक्त रुपमा कलम चलाउने स्रष्टाको रुपमा परिचित छन् ।

आचार्यका आचारविचार मुक्तक सङ्ग्रह, केशव आचार्यका कविताहरु कविता सङ्ग्रह, पागल गजल सङ्ग्रह तथा पागल गजल एल्वम समेत सार्वजनिक भइरहेका छन् भने एक दर्जन बढी गीत तथा गजल सङ्गीत भरेर प्रशारण समेत भएका छन् ।

पुरस्कार यही फागुन २ गते विरगञ्जमा एक विशेष समारोहकाबीच प्रदान गरिने गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: