आजको मौसम : अपरान्हपछि वर्षा धेरै हुनसक्ने

  प्रकाशित मिति
२९ असार २०७७, सोमबार ०८:४७


सोमवार साँझ ६ बजेको मौसम पूर्वानुमान ।

मेचीनगर, २९ असार । आज प्रदेश नं. १ मा आंशिक बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा आज विहान ८ बजे जारी गरिएको बुलेटिन अनुसार १ नं. प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका पहाडी भागमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भोलि र पर्सी पनि १ नं. प्रदेशमा आजकै जस्तो मौसम रहने विभागले प्रक्षेपण गरेको छ ।

झापाको हकमा मौसम विश्लेषण गर्दा दिउँसो १ बजे बर्षा सुरु हुनसक्ने र त्यसपछि समयसँगै वर्षाको सम्भावना धेरै हुने छ ।

आज विहानदेखि झापामा आकाशमा बादल मडारिए तापनि वर्षा भएको छैन । केही ठाउँमा घाम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: