विर्तामोड । कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान फेडेरेसन)ले कन्काई क्याम्पस परिसरमा आयोजना गरेको सूचना प्रविधि मेला शनिवार दोस्रो दिन जारी रह्यो ।
शुव्रmवार सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उद्घाटन गरेको मेलामा सूचना प्रविधिको क्षेत्रमा आएका नौला वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिएको छ ।
मेला संयोजक दिपेश पाठकले शुव्रmवार र शनिवारको तुलनामा आइतवारदेखि अवलोकनकर्ताको भीड बढ्ने अपेक्षा गरिएको बताए ।
मेची अञ्चलमै पहिलोपल्ट आयोजित मेलाको महत्व ज्यादा भए पनि दुई दिनसम्म अवलोकनकर्ता आयोजकले सोचेभन्दा कम नै आएका छन् ।
आयोजकले मेलामा प्रवेशका लागि सरकारी बिद्यार्थीलाई रु. १०, निजी स्कुलका विद्यार्थीलाई रु. २० र सर्वसाधारणलाई रु. ५० का दरले शुल्क लिने गरेका छन् ।
प्रवेश निःशुल्क गरेको भए अवलोकनकर्ता बढ्ने एकथरिले आयोजकलाई सुझाव दिएका छन् । अवलोकनकार्तालाई आकर्षित गर्न र आगामी बर्षका लागि मेलामा आउने वातावरण सिर्जना गर्न यसपटक प्रवेश निःशुल्क गरिनु पर्ने धेरैको धारणा छ ।
मेला फागुन २५ गतेसम्म चल्ने भएको छ । मेलामा खासगरी युवा दर्शकले अभिरुचि देखाएको क्याम्ब्रिज इन्स्टिच्युटकी सीइओ सिमरन सिम्खडा बताउँछिन् । उनले अझ बढी दर्शक मेलामा भित्रिने वातावरण तयार पार्न आयोजकलाई सुझाव दिएकी छन् ।
मेलामा आइतवार विभिन्न विद्यालयबाट विद्यार्थी आउने आयोजक क्यान झापाका सचिव लक्ष्मीकान्त खनाल बताउँछन् । ‘झापालीका लागि यो मेला नौलो हो’, सचिव खनाल भन्छन्–‘ह्वात्तै दर्शक ओइरिन्छन् भन्ने हुँदैन ।’
प्रविधि मेला भएकाले विद्यार्थी, शिक्षक र अन्य जोकोही अभिरुचिकर्ताका लागि मेला महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै क्यान फेडेरेसनका जिल्ला अध्यक्ष भूपेन्द्र मैनालीले सम्पूर्ण विद्यार्थी तथा युवा जगतलाई आफ्नै जिल्लामा भइरहेको मेलामा सहभागी हुने अवसर नगुमाउन आह्वान गरेका छन् ।
मेलामा अनेकौ नौला प्रविधि तथा सेवाको जादुमय प्रदर्शनी गरिएको छ । लोडसेडिङका बेला बल्ने बल्भ, टीभी लगायत