आजदेखि जनप्रतिनिधिलाई पनि खोप लगाउने

  प्रकाशित मिति
२ फाल्गुन २०७७, आईतवार १०:०७


स्वास्थ्यकर्मी ।            पुरानो फोटो

झापा, २ फागुन । सरकारले सर्वसाधारणलाई भन्दा पहिले जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

कोरोनाको जोखिम सबैलाई उस्तै भए तापनि भाइरसविरुद्धको लडाईमा अग्रमोर्चामा परिचालित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाउने व्यवस्था मिलाएको थियो ।

पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दा प्राथमिकतामा नेताहरु अर्थात् जनप्रतिनिधि पनि परेका छन् ।

दोस्रो अभियान अन्तर्गत फागुन ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।

यसबाहेक काठमाडौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ ।

यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो ।

यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या नदेखिएको बताइएको छ । तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: