आजदेखि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीको रजत महोत्सव सुरु

  प्रकाशित मिति
२७ कार्तिक २०७६, बुधबार ०८:१३


भद्रपुर । समाजमा सकारात्मक परिवर्तन हुने आशयले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीले रजत जयन्ती महोत्सव कार्यक्रम आजदेखि विविध कार्यक्रम गरी मनाउने भएको छ ।

केन्द्रले मंगलबार चन्द्रगढीमा पत्रकार सम्मेलन गरी यही कात्तिक २७ गतेदेखि मङ्सिर २ गतेसम्म हुने कार्यक्रम बारे जानकारी दिएको हो ।
केन्द्रकी प्रमुख शान्ता दिदीले स्थापना कालदेखि नै समाजका मानिसहरुमा आध्यात्मिक शिक्षा एवम् राजयोगको शिक्षाले मानिसको मानसिक शान्ति, नैतिक चरित्र उत्थान गर्दै आइरहेको बताइन् ।

पत्रकार सम्मेलनमा पूर्णिमा दिदीले कात्तिक २७ गते मोटरसाइकल र्याली, २८ र २९ गते विहान– बेलुका तनावमुक्त जीवनशैली बारे विजयराज सिग्देलले प्रवचन दिने, ३० गते विहान स्वास्थ्य जनचेतना कार्यक्रम र मङ्सिर १ गते विहान मेची रंगशालामा रक्तदान कार्यक्रम गरिने जानकारी दिइन् ।

उनका अनुसार मङ्सिर २ गते शान्ति पथ यात्रासहित महोत्सवको उद्घाटन जगत गुरु प्रथम महिला शंकराचार्य हेमानन्द गिरीले गर्नुहुनेछ । सेवा केन्द्रले स्थापनाकालदेखि हालसम्ममा विभिन्न स्थानमा तीन वटा उपसेवा केन्द्रहरु र ४ वटा पाठशालाहरु स्थापना गरी सात ठाउँमा सेवा विस्तार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट सुरक्षामा विशेष ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: