आजदेखि मतदान सामग्री पठाइँदै

  प्रकाशित मिति
९ असार २०७४, शुक्रबार ०९:३८


matadan adhikritभद्रपुर । असार १४ गते हुने निर्वाचनका लागि शुक्रवारदेखि झापाका विभिन्न स्थानीय तहमा मतदानका सामग्री पठाउने क्रम सुरु हुने भएको छ ।
झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन् । शुक्रवार माइपश्चिमका ५ र मेचीनगर गरी ६ वटा तहका मतदान सामग्री सम्बन्धित मतदान केन्द्रका अधिकृतलाई जिम्मा लगाइने मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले जानकारी दिएका छन् ।

मतदानका सामग्री भन्नाले मतपत्र, मतपेटिका लगायत मतदानमा प्रयोग हुने सम्पूर्ण सामानलाई बुझिन्छ । झापा जिविसमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट गाउँपालिका र नगरपालिकाका विभिन्न मतदान केन्द्रका लागि पठाइने मतदान सामग्री सम्बन्धित केन्द्रका अधिकृतले औपचारिक रुपमा जिम्मा लिने छन् ।

तर हाललाई सो सामाग्री नजिकको प्रहरी कार्यालयमा राखिने र असार १४ गते मात्र सम्बन्धित बुथमा लगिने बताइएको छ ।
कर्मचारी खटनपटन गर्ने र निर्वाचनको जिल्लामा नेतृत्व गर्ने काम मुख्य निर्वाचन अधिकृतको हुने छ भने हरेक तहमा एक एक जना निर्वाचन अधिकृत खटिएका छन् । हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएका हुने छन् ।

mat-petikaशुक्रवार मतदान सामग्री बुझेर लैजाने मतदान अधिकृतहरुले विहीवार सदरमुकाम पुगेर मतदान अधिकृतको नियुक्ति पत्र र बन्दोवस्तीका लागि चाहिने नगद जिम्मा बुझिसकेका छन् ।

शुक्रवार थप ९ वटा स्थानीय तहका मतदान अधिकृतहरुले नियुक्ति पत्र र नगद बुझ्ने भएका छन् । उनीहरुले शनिवार मात्र मतदान सामग्री जिम्मा लिने छन् ।
मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार शुक्रवार र शनिवार दुई दिनभित्रमा जिल्लाका १५ वटै तहका सबै मतदान केन्द्रका लागि मतदान सामग्री सदरमुकामबाट त्यसतर्फ पठाइसकिने छ ।

उनले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र को कहाँ कसरी कर्मचारी खटाउने भन्ने टुङ्गो लागिसकेर नै नियुक्ति पत्र दिएर पठाइएको बताए ।
झापामा ६ सय ३७ मतदान केन्द्र र २ सय ८३ मतदान स्थल तोकिएका छन् । ती सबै मतदान केन्द्र र स्थल पहिल्यै निर्धारण गरिएका हुन्छन् । तर मेचीनगरको वडा नंं. ६ धुलावारीमा कृषि विकास निगमको कोलोनीमा निर्धारित मतदान केन्द्र सारेर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सारिएको बुझिएको छ ।

निर्वाचन अधिकारीहरुका अनुसार झापाको १५ तहको मतदान कार्य सम्पन्न गर्न निर्वाचन आयोगले ३ हजार ६ सय कर्मचारी परिचालन गर्ने भएको छ ।
३ हजार ८ सय १२ कर्मचारी परिचालन गर्ने पूर्वयोजना भए पनि कैयन कर्मचारीले मतदानमा खटिन अनिच्छा देखाएको बुझिएको छ । केही कर्मचारीले मतदान अधिकृत र सहायक अधिकृतको तालिम लिएर भत्ता बुझिसकेर पनि अन्तिम समयमा आएर खटिन नसक्ने भनी मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएको बुझिएको छ ।

खटिन नमान्नेमध्ये कोही किड्नीको डाइलासिस गराइरहेका र कोही काखमा बच्चा भएका महिला छन् भने पुरुष कर्मचारीहरु कोही रोगी र कोही आँखा मधुरो देख्नेहरु पनि छन् ।

मतदानमा खटिनका लागि १ हजार २ सय ७१ सहयोगी कर्मचार आवश्यक पर्नेमा जिल्लाभित्र त्यस्ता अढाइ सय जति कर्मचारीको अभाव भएको छ । अभाव भएका मतदान केन्द्रमा स्थानीय जोकोहीलाई स्वयम्सेवकको रुपमा खटाइन सक्ने बुझिएको छ ।

हरेक मतदान केन्द्रका लागि १५ देखि १६ हजार रुपैयाँ मतदान केन्द्र व्यवस्थापन शिर्षकमा आयोगले बजेट पठाएको हुन्छ । सोही रकमबाट बुथमा बासका भाटा गाड्ने, मतदान स्थल व्यवस्थित गर्ने र बत्ती पानीको व्यवस्था गर्नु पर्ने भन्ने उल्लेख भएर आएको कर्मचारीहरु बताउँछन् ।

खटिने कर्मचारीको भने दैनिक २ हजारका दरले ५ दिनको १० हजार रुपैयाँ भत्ता हुने छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: