आजै कोरोनामुक्त भएका असारु भन्छन्– ‘टिका लगाउन पाइयो’

  प्रकाशित मिति
१० कार्तिक २०७७, सोमबार १४:२०


झापा, १० कार्तिक । दसैंको बेला लामो एकान्तबासमा बस्नु परेकोमा खल्लो मानिरहेका भद्रपुर–१० का असारु राजबंशीलाई बिजय दशमीको टिका लगाउन नपाइला कि भन्ने चिन्ता थियो । तर आज विहानै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनले टिका लगाउन पाए ।

प्रधानमन्त्री केपी ओलीका सचिवायलका स्वकीय उपसचिव राजबंशी विगत १२ दिनदेखि कोरोना संक्रमणका कारण होम आइसोलेसनमा थिए ।

‘आज विहान पीसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशीको सीमा रहेन’, उनले लोकतन्त्र पोस्टसँग भने–‘आइसोलेसनबाट बाहिर निस्किएपछि घर र कोठाहरु सेनिटाइज गरियो र टिका लगाइयो ।’

नेकपा भद्रपुर नगर कमिटीका इञ्चार्ज रहेका उनले कोरोना संक्रमणबाट मुक्त भएपछि परिवारमा खुशीयाली छाएको बताए ।

भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाएर दसैंको टिका लगाउने कार्य गरिएको जनाउँदै उनले कोरोनाबाट बँच्न सबैलाई आग्रह गरेका छन् ।

केही होइन भनेर हेलचेक्राइ नगर्न र दसैं मानिरहँदा सचेतनता अपनाउन उनको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: