आजै सहिद दिवस किन ?

  प्रकाशित मिति
१६ माघ २०७२, शनिबार ०६:२३


sahid 3
झापा । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै शनिवार देशभर सहिद दिवस मनाइँदै छ ।

यो दिवसमा खासगरी नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुव्रmराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ ।

चार सहिदले सहादत प्राप्त गरेको दिन १९९७ सालको माघ १०, १३ र १५ गते हो । तर सहिद दिवस चाहिँ माघ १६ गते मनाउने गरिएको छ । सहादत प्राप्त गरेको दिनभन्दा फरक दिनमा किन दिवस मनाइयो ? सबैलाई जिज्ञासा लाग्न सक्छ ।

इतिहासकारहरूका अनुसार वि.सं. १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनीतिक अधिकारका लागि व्रmान्ति गर्न प्रेरित गर्ने शुव्रmराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।
त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए ।

पछिल्लो कालखण्डमा निरङकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका व्रmममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।

जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार सहादत भइसकेपछि ती दिनलाई सम्झना गर्दै प्रजापरिषदले नै माघ १६ गते एकमुष्ठ ढङ्गले शोक दिवस मनाउने निर्णय गरेको हो ।

प्रजापरिषद विलय भएर नेपाली राष्ट्रिय काङ्ग्रेस गठन भएपछि २००४ सालदेखि नेपाली काङ्ग्रेसले माघ १६ गतेलाई सहिद दिवस भनेर मनाउन थालेको थियो ।

२००७ सालपछि सरकारले नै माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाउन थालेको बस्नेत बताउँछन् ।
काङ्ग्रेसले प्रजापरिषद्बाट ‘जय नेपाल’ भन्ने नारा समेत लिएको हो । जो पछि राजा त्रिभुवन, नेपाल प्रहरी र नेपाली सेनाले समेत आफ्नो अभिभादनको नारा बनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: