आज काठमाडौंमा प्रचण्ड–माधव समूहको दोस्रोपटक शक्ति प्रदर्शन

  प्रकाशित मिति
२८ माघ २०७७, बुधबार १०:०९


झापा, २८ माघ । नेकपाको प्रचण्ड–माधव समूहको आह्वानमा आज राजधानीमा दोस्रोपटक शक्ति प्रदर्शन गर्दैछ ।

११ बजे सुरु हुने जुलुस अपरान्हतिर भृकुटीमण्डपमा विरोधसभामा परिणत हुने पार्टीले जानकारी दिएको छ ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाललगायतले सम्बोधन गर्दैछन् ।

जुलुसमा ३ लाख आन्दोलनकारी उतार्ने आयोजकको दावी छ । जुलुस सुरु हुनुभन्दा एक घण्टा अघिदेखि नै काठमाडौंको विभिन्न भागमा सवारी जाम सुरु भइसकेको छ ।

ट्राफिक अस्तव्यस्त हुन नदिन सरकारले १५ सय प्रहरी आज खटाएको जनाएको छ ।

केही दिन अघि नेकपाको सत्तापक्षले काठमाडौंमा सरकारको समर्थनमा प्रदर्शन गर्दै सभा गरेको थियो । विभाजित बनेका दुबै नेकपाले एक पछि अर्को गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरिरहँदा सर्वसाधारणले भने सवारी जाम र भिडन्तको त्रास व्यहोरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: