आज चन्द्रगढीमा कांग्रेसको जनसभा, सिटौलाले सम्बोधन गर्ने

  प्रकाशित मिति
३ फाल्गुन २०७७, सोमबार ०८:४७


झापा, ३ फागुन । नेपाली कांग्रेस झापाले आज दिउँसो सदरमुकाम चन्द्रगढीमा विशाल विरोध सभाको आयोजना गर्दैछ ।

पार्टीका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले विरोधसभालाई सम्बोधन गर्ने पार्टीका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले जनाएका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंंबैधानिक कदमविरुद्ध देशब्यापी आन्दोलनको क्रममा चन्द्रगढीको गिरिजा प्रसाद कोइराला स्मृति भवन नजिक मैदानमा दिउँसो १२ बजे सभा सुरु हुने कोषाध्यक्ष पाण्डेले बताए ।

नेकपा विभाजित भएर एक अर्काविरुद्ध शक्ति प्रदर्शनमा जुटिरहेका बेला नेपाली कांग्रेसले पनि ओलीको कदमलाई असंबैधानिक भन्दै एकल आन्दोलन गर्दै आएको छ ।

कांग्रेसको आन्दोलन वडा तहससम्म विस्तारित भइरहेको छ । तर यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुँदा त्यो फैसला कुर्ने भन्दै कांग्रेसले अदालतबाट संसद् पुनस्र्थापना भए वा नभए दुबै अवस्थामा आफुलाई तयार राखेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: