आज प्रधानमन्त्रीलाई इलाममा अभिनन्दन

  प्रकाशित मिति
२० पुष २०७५, शुक्रबार ०७:४२


इलाम । इलाम नगरपालिकाको आयोजनामा शुक्रवार हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं. १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी–व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: