आज प्रधानमन्त्री झापा आउँदै  

  प्रकाशित मिति
७ बैशाख २०७४, बिहीबार ०८:०१


prachand

बिर्तामोड । योङ कम्यिुनिष्ट लिग (वाइसिएल) र अखिल (क्रान्तिकारी) को जिल्ला अधिवेशनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल विहीबार झापा आउने भएका छन् ।

प्रधानमन्त्रीसँगै कार्यक्रममा विशेष अतिथिका रुपमा सूचना तथा सञ्चारमन्त्री राम कार्की, पूर्व संस्कृति मन्त्री गोपाल किराती र अन्य केन्द्रीय नेताहरुको पनि उपस्थिति रहने जनाइएको छ ।

कार्यक्रममा दुईसय बस, साना गाडी र मोटर साइकल परिचालन गरिने भएको छ । कार्यक्रममा १५ हजार बढी सर्वसाधरणको उपस्थिति गराइने पार्टीले जनाएको छ ।

विहानैदेखि पार्टीका कार्यकर्ताहरु गाउँ गाउँमा सर्वसाधारणलाई कार्यक्रममा उपस्थिति गराउनका लागि गाडी लिएर गइरहेका छन् ।
पार्टीका सचिव बिजय साम्पाङल कार्यक्रम स्थलको रुपमा बिर्तामोडको सुगम पेट्रोलपम्म पश्चिमपट्टिको खाली स्थान तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: