मेचीनगर । सोमबार भारतबाट आएका ५२ जना नेपाली नागरिक मध्ये मोरङका १ जनामा आरडीटी पोजेभिट भेटिएको छ ।
नेपाली सेना लगायतको संयुक्त टोलीले भारतबाट आएका नेपाली नागरिकहरुको कोरोना जाँच गर्ने क्रममा उनको आरडीटी पोजेभिट भेटिएको हो ।
नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले भारतबाट आएका ५२ जना नेपाली नागरिकहरुको आरडीटी टेष्ट गर्ने क्रममा मोरङका १ जना महिलाको आरडीटी पोजेभिट भेटिएको बताए ।
उनका अनुसार आरडीटी पोजेभिट भेटिएका उनलाई मेची क्याम्पस भद्रपुरको क्वारेन्टाइनमा पठाइने छ । ती महिलाको उक्त क्वारेन्टाइनमा पीसीआर टेष्ट गरिने उनले बताए ।
आइतबार भारतबाट आएका ४६ मध्ये मेचीनगरका ६ जनामा आरडीटी पोजेटिभ आएको थियो ।
काँकरभिट्टा माविको मैदानमा नेपाली सेना, स्वास्थ्यकर्मी लगायतको संयुक्त टोलीले आइतबारदेखि भारतबाट आउने नेपाली नागरिकहरुको आरडीटी टेष्ट गरिरहेको छ ।
।। अर्जुन कार्की ।।