विर्तामोड, १४ असोज । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि भएको हत्याको भत्र्सना र दोषीमाथि हदैसम्मको कार्वाहीको माग गर्न भोलि विर्तामोडमा युवाले प्रदर्शन गर्ने भएका छन् ।
न्यायका लागि झापाली युवाका तर्फबाट भोलि विहीवार विहान ११ः३० बजे मुक्ति चोकमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको अभियन्ता नारायण कडरियाले बताए ।
मष्टा गाउँपालिकाकी सम्झनाको दिउँसो गोठ गएको बेला बलात्कारपछि हत्या भएको थियो ।
सो अपराधको अभियोगमा स्थानीय राजेन्द्र बोहोरा पक्राउ परेका छन् । उनले यस अघि अर्की एक बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक हुँदा गाउँका ठालुहरुले मेलमिलाप गरेका थिए । मेलमिलापले अभियुक्तलाई थप अपराधका लागि प्रोत्साहित गरेको पाइएको छ ।