आज राति १२ वजेबाट लकडाउन अन्त्य

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार १९:२४


मेचीनगर । सरकारले मङ्गलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

‘आज भरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन’ खतिवडाले भने, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ । अब यो साउन महिना भरीको अवस्था हेर्छौं त्यसपछि भदौंमा थप निर्णय लिन्छौं ।’

सरकारले भदौं १ गतेबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: