आज वार्ता, कुरा मिल्ने संकेत

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार ०७:४०


झापा, २२ असोज । स्वास्थ्य क्षेत्रको सुधारको माग राखी अनसन बसिरहेका प्राडा गोविन्द केसी र सरकारबीच आज दिउँसो वार्ता हुने भएको छ ।

स्रोतका अनुसार अपरान्ह ४ बजेतिर काठमाडौंमा वार्ता हुनेछ । डा. केसी आफै होइन, उनले गठन गरेको वार्ता टोलीले सरकारको टोलीसँग औपचारिक कुराकानी सुरु गर्नेछ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको संयोजकत्वमा वार्ता टोली विहीवार घोषणा गरेको थियो भने लगत्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता गर्ने टोली गठन गरिएको थियो ।

सरकारले डा. केसीका माग बारेमा सकारात्मक भएरै वार्ता टोली गठन गरेको अनुमान गरिएको छ । जसले गर्दा आजकै वार्तामा धेरै कुरा मिल्ने सम्भावना छ ।

डा. केसीले ६ बुँदे माग राखेर गत भदौ २८ गते जुम्लाबाट अनुसन सुरु गरेका थिए । सरकारी पक्ष केसीका ५ वटा माग पूरा गर्ने मुडमा देखिएको स्रोतहरुले जनाएका छन् ।

कोडिभ कहरका बेला मुलुकको स्वास्थ्य क्षेत्रको बेथिति छताछुल्ल भएको हुँदा डा. केसीका माग बारेमा जनमत बलियो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: