आज सूर्यग्रहण विहान १०ः५० सुरु, दिउँसो २ः२३ मा सकिने

  प्रकाशित मिति
७ असार २०७७, आईतवार ०९:२९


झापा, ७ असार । आज असार ७ गते आइतवार ३ घण्टा ३३ मिनेट लामो खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिणरपूर्वी युरोप, सऊदी अरब, यूऐई, कंगो, इथियोपिया, अफ्रिकाको केही स्थानबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।

उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, अस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।

शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ ।

ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रोबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: