आज ‘हेभिवेट’हरुको वहस

  प्रकाशित मिति
२० फाल्गुन २०७५, सोमबार ०८:०१


काँकरभिट्टा । कला साहित्य उत्सवको सोमवार अन्तिम दिन पत्रकारिता, राजनीति र लैङ्गिक सवालमा ‘हेभिवेट’हरुको वहस हुने भएको छ ।
शनिवार सुरु उत्सव आइतवार रोचक मोडमा प्रवेश गरेको थियो भने सोमवार समापन हुँदैछ ।

नेपाली राजनीतिका एक चर्चित व्यक्तित्व एवम् नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले सोमवार उत्सवको विट मार्ने बेलामा प्रेम र यौनका विषयमा सम्भाषण सुनाउने छन् ।

यस अघि सत्ता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा हेभिवेट साहित्यकार खगेन्द्र सङ्ग्रौला र सीके लालको वहस हुने छ ।
सोमवार नै पत्रकारिताका विकृतिका बारेमा पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले खुला रुपले चिरफार गर्ने भएका छन् ।

गाउँलेसँग सुविना श्रेष्ठ र सङ्गीत श्रोताले वहसमा भाग लिने भएका छन् । विश्व पौडेल र खगेन्द्र प्रसाईले सोमवारको पहिलो सत्रमा ‘समृद्धि यात्राका सङ्कट’ विषयमा र अर्को सत्रमा सञ्जीव उप्रेती, भाष्कर गौतम र अमिना सिंहले ‘समाज विज्ञान र मानविकी सङ्कट’ विषयमा चर्को वहस गर्ने भएका छन् ।

सोमवार सीमा आभास, प्रणिता कोयु र आहुतीले ‘पुरुषको मुक्ति कसरी ?’ भन्ने विषयमा वहस गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो दिन आइतवार कान्तिपुरका सम्पादक नारायण वाग्ले र रमेश भुषालले ‘पर्यावरणको खबर’ विषयमा, राजेन्द्र महर्जन, डम्बर चेम्जोङ र अर्चना थापाले ‘सांस्कृतिक राष्ट्रबाद’ विषयमा, पवन राजबंशी, सरोजा खड्गी र एससी सुमनले ‘लोक चित्रकला’ विषयमा र अभय श्रेष्ठ, विनोदविक्रम केसी र गुरुङ सुशान्तले ‘काब्यमा विद्रोह’ विषयमा वहस गरेका थिए ।

आइतवारको अन्तिम सत्रमा प्रख्यात साहित्यकार आहुतीले ‘दक्षिणपन्थको सांसकृतिक जग’ विषयमा सम्भाषण दिएका थिए ।
हरेक दिन साँझ मेची सामुदायिक भवनमा परिवर्तन थिएटरले ‘बिटुलो आख्यान’ नामक नाटक मञ्चन गरिरहेको छ भने बहस हलबाहिर चरा संरक्षणमा लागेका मेचीनगरका देबेन्द्र खरेलको चरा सम्बन्धी फोटो प्रदर्शनी र देही आर्टको आयोजनामा चित्रकला प्रदर्शनी भइरहेको छ ।

……………..
जताततै दलाली बढेको दावी
मेचीनगर । प्रतिनिधि सभा सदस्य तथा नेकपा नेता राम कार्कीले राजनीति दलालीको दलदलमा फँस्दै गएको स्वीकार गरे तापनि दल बाहिर नै बढी दलाल भएको दावी गरेका छन् ।

कला साहित्य उत्सवको दोस्रो दिन ‘दलालीको दलदल’ विषयक वहसमा भाग लिँदै नेता कार्कीले राजनीतिक दल बाहिर दलालको विगविगी बढेको र त्यसबाट दलहरु प्रभावित भएको बताए ।

उनले दलालीको अन्त्य टुप्पाबाट होइन, जराबाटै हुनु पर्ने धारणा व्यक्त गरे । कार्कीले समाजवादको वहस र छलफल चलाउन राजनीतिक दल र तिनका नेताहरु सक्षम नभइरहेको आरोप लगाए ।

नेताहरुले पुराणमा धेरै समय विताउनु परेको र त्यहाँ समाजवादको वहस नहुने भएकाले समाजवादी वहसले पार्टीभित्र प्राथमिकता नपाएको उनको धारणा थियो ।

निरोज कट्टेलले सहजिकरण गरेको सो वहसमा नेता कार्की, पत्रकार अखिलेश उपाध्याय र विष्णु सापकोटाले भाग लिएका थिए ।
उपाध्याय र सापकोटाले अधिकांश राजनीतिक दलहरु दलालीको दलदलमा भासिएको जिकीर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: