आठौँ प्रदेश माग्दै थप संशोधन प्रस्ताव

  प्रकाशित मिति
१५ फाल्गुन २०७३, आईतवार २०:०२


झापा । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्न मधेसी जनअधिकार फोरमलगायत ५ दलले संविधान संशोधन प्रस्तावमा थप संशोधन दर्ता गराएका छन् ।

८ औं प्रदेशको रूपमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा राखेर बनाउनु पर्ने र चितवनलाई टुक्राएर नवलपरासीलाई टुक्राउन नहुने प्रस्तावमा उल्लेख गरिएको छ ।

गोपाल दहितले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरीको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, एशोदा लामाको दलित जनजाति नेपाल, राजकुमार राईको खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, डा. सुबोध कुमार पोखरेलको मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)ले संयुक्त रुपमा आइतबार अपरान्ह संसदमा संशोधनमा परिमार्जन गर्न संशोधन दर्ता गराएका छन् ।

यता सत्ता पक्षका चार सांसदहरुले भने सरकारले संसदमा दर्ता गराएको प्रस्तावको विरुद्धमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
नेपाली काङ्ग्रेसका तीन सांसदहरू चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायामाझीले संशोधन प्रस्तावलाई नै संशोधन गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका छन् ।

यी चारै जना सांसदहरूले प्रस्तावित पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्राउन नहुने भन्दै विरोध गर्दै आएका थिए ।
विपक्षी नेकपा एमाले र सत्तारुढ राप्रपाले भने कुनै संशोधन पेश नगर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: