आठ लाखलाई हात्तीपाइले औषधि खुवाइने

  प्रकाशित मिति
२० माघ २०७६, सोमबार १३:२७


भद्रपुर । झापाका १५ वटै स्थानीय तहका ८ लाख २६ सय ५ जना मानिसलाई यसबर्ष हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि खुवाइने लक्ष्य राखिएको छ ।

यही माघ २५ गतेदेखि सञ्चालित अभियानमा ढिलोमा एक महिना भित्रमा स्वास्थ्यकर्मीले सबैको घरघरमा गएर औषधि खुवाउने योजना रहेको स्वास्थ्य कार्यलय झापाद्वारा विर्तामोडमा आइतबार आयोजित पत्रकारसँगको अन्तरकृयामा जानकारी गराइएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौंलागाईले अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालयबाट ६३१ जना महिला स्वास्थ्य स्वयम्सेवीका र ४ सय १६ जना स्वास्थ्यकर्मी खटाइएको बताए ।

उनले जिल्लाभरका पालिका स्तरमा प्रमुख तथा उपप्रमुख र वडास्तरमा वडा प्रमुखबाट सुरुवात गर्दै झापाका सबै स्थानीय तहमा एकसाथ औषधि सेवन गराइने अभियानको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

विगत बर्ष ७२ प्रतिसतले मात्र सेवन गरेको अभियानमा यसपटक भने ८० प्रतिसत माथिलाई औषधि सेवन गराउने अभियानमा कार्यालय रहेको जानकारी दिए ।

झापामा विगतको तथ्याङ्क अनुसार हात्तीपाइले रोगका सङ्क्रमित हाइड्रोसीलका ३७२ जना, खुट्टा सुनिएका ७२ जना, स्तन सुनिएका ११० सहित जम्मा ५५४ जना सङ्क्रमित रहेका छन् ।

निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम अधिकृत वेदप्रकाश घिमिरेले गरेका थिए भने पत्रकार महासङ्घ प्रदेश सदस्य तीर्थ सिग्देलले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: