‘आत्मवृत्तान्त लेख्न खोज्दैछु’

  प्रकाशित मिति
१८ पुष २०७२, शनिबार ०८:०३


gopal

सामाजिक क्षेत्रमा एउटा अलग्गै पहिचान स्थापित गर्न सफल विर्तामोडका गोपालकुमार बस्नेत कथाकारको रुपमा धेरै पहिलेदेखि परिचित हुनुहुन्छ । ‘आफ्नै सेरोफेरोभित्र’ पुस्तकका लेखक उहाँ ‘आत्मवृत्तान्त’ लेख्न लागेको बताउनु हुन्छ । विर्तासिटी हस्पिटल, बाल्मिकी एजुकेसन फाउण्डेसन, तुर्सा हेमरम स्मृति प्रतिष्ठान, जयनेपाल प्रतिष्ठान, वीरता जेसीज, भेटघाट चौतारी लगायतका दर्जनौँ संस्थाको संस्थापक उहाँसँग लोकतन्त्र पोस्टको ‘शनिवार’का लागि गरिएको ‘पुस्तक वार्ता’ प्रस्तुत छ–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
एक वर्षदेखि पुस्तकबाट केही टाढा भएको जस्तो छु । अहिले पढिरहेको किताव ‘करोडौँ कस्तुरी’ हो । अमर न्यौपानेजीको ‘सेतो धरती’ पढ्दा ज्यादै प्रभावित भएको थिएँ । उहाँकै नयाँ पुस्तक ‘करोडौँ कस्तुरी’ चाहिँ त्यति ओजिलो लागेको छैन ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
अलिकति काल्पनिक होस्, अलिकति यथार्थ होस्, त्यस्तो किताव चाहे निबन्ध, कथा होस् कि उपन्यास नै किन नहोस्, म रुचाउँछु । म भर्खरको ठिटो हुँदा पारिजातको ‘लाहुरेलाई चिठी’ र भूपि शेरचनका कविता साह्रै मन पथ्र्यो । अचेल ऐतिहासिक ओज भएका ‘प्रयोगशाला’ जस्ता पुस्तम मन पर्छन् । जीवन कथा पनि मन पर्छन् । तर पढ्दा नविसाइकन मन लागिरहोस् । कतिपय पुस्तकको पाना पल्टाइन्छ, तर मनले पढिदैन ।

मन परेको नेपाली लेखक ?
कृष्ण धरावासी र अमर न्यौपाने । धरावासीको ‘शरणार्थी’ र ‘झोला’ ज्यादै राम्रा लाग्छन् । अमर न्यौपानेको ‘सेतो धरती’ त्यस्तै लाग्छ । ‘झोला’ पढेपछि चन्द्र शमशेरको फोटो घरमा झुन्डाउँ कि जस्तो लाग्छ । उनी तानाशाह भएकाले अवगुण धेरै होलान् । तर पनि सकारात्मक गुणको रुपमा मानवीय भावना रहेछ नि ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ । अहो, उहाँको लेखमा खोव्रmो कुरा कहिल्यै हुँदैन । कलममा इमान छ, लय छ । अर्को कृति ‘सकस’ पनि उस्तै छ ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
यतिउति भन्ने हुँदैन । नयाँ किताव आयो भन्ने सुने पछि किनेर नल्याएसम्म चैन नै आउँदैन । काठमाडौँसम्म किन्न पठाएर पनि ल्याउँछु ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासमा एक जना बस्नेत थरिको पात्रलाई लेखकले घोर अन्याय गरेका छन् । बर्माबाट फर्किने व्रmममा एउटा खोलो तर्न बाँकी रहेका बेला बृद्ध भएका बस्नेत थरिका वावुलाई उनका छोराले ‘छोराछोरी हिँडेर टाढा पुगिसके, तिमी विस्तारै आउँदै गर, म जान्छु है’ भनेर अलपत्र छाडेको बताइएको छ । मैले धरावासीलाई ‘बस्नेतहरू पितृभक्त चरित्रका हुन्छन्, तपाईको यो पात्र कुनै बाहुन होला, बस्नेत हुन सक्दैन’ भनेर रिसाउँदै आपत्ति गरेको थिएँ । मुद्दा पनि हाल्छु भनेको थिएँ । हुन त उपन्यासमा त्यो बस्नेत काल्पिनिक पात्र हो, तर मलाई विल्कुलै चित्त बुझेन ।

पुस्तक पढ्ने उपयुक्त समय ?
बेलुका । सुत्ने बेलामा म किताव पढ्छु । यद्यपि अरुबेला फुर्सद भयो भने किताव र पत्रपत्रिका नहेरी बस्नै सक्दिन ।

पुस्तक कसरी जतन गर्नु हुन्छ ?
जतन गरेर राख्न खोज्छु, तर व्यवहारमा सफल भएको छैन । कितावमा म नाम पनि लेख्दिन । कोही मागेर लैजान्छन् र फर्काउँदैनन् । कति हराएरै जान्छन् ।

पढ्न मन लागिरहेको पुस्तक ?
धरावासीको एउटा पुस्तक बजार आउन लाग्या छ भन्ने सुनेको छु । पर्खिरहेको छु ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ ?
आत्मवृत्तान्त लेख्न खोज्दैछु । स्मरणहरूलाई टिपनटापन गर्दैछु । बुढ्यौली लागेको छ, जाँगर चलेको छैन । केही साथीहरू लेखिदिन्छौँ भन्दै आएका थिए । होइन, म आफ्नै शैलीमा लेख्छु भनिदिएँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: