आदर्शका उत्कृष्ट विद्यार्थीलाई अवार्ड

  प्रकाशित मिति
२२ माघ २०७६, बुधबार २०:२६


धुलाबारी । मेचीनगर–९ को फारम बस्तीमा सञ्चालित आदर्श विद्या मन्दिरले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई अवार्ड वितरण गरेको छ ।

विद्यालय परिसरमा मङ्गलवार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट भएका १ सयजना छात्रछात्रालाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो ।

सो विद्यालयले साना कक्षाका विद्यार्थीबीच मिठाइ दौड, बेलुन दौड लगायतका प्रतियोगिता सञ्चालन गरेको थियो ।

यस्तै, ठूला कक्षाका विद्यार्थीबीच म्याराथन, ज्याब्लिङ, कविता, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, म्याराथन दौड लगायतका विधामा प्रस्तिपर्धा गराइएको थियो ।

छात्र र छात्रालाई अलग÷अलग प्रतिस्पर्धा गराई त्यसबाट उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिदै आएको छ ।

विद्यालयको बार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको विभिन्न विधाका प्रतियोगिताहरु माघ १३ गतेदेखि आयोजना भइरहेको छ ।

माघभरि प्रतियोगिता आयोजना गरी विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने काम भइरहेको खेल संयोजक पदम भण्डारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव रेग्मीको अध्यक्षता तथा लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक झुलन रेग्मीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षकद्वय डिल्ली खनाल र खिलु रेग्मी खनालले गरेका थिए ।

प्रमुख अतिथि रेग्मीले विद्यार्थीको भावना र चाहना बुझेर व्यावहारिक शिक्षा प्रदान गर्न सुझाव दिए ।

खेलकुदका केही विधामा जिल्ला तथा नगरमा उत्कृष्ट स्थान बनाउन सफल आदर्श विद्या मन्दिरमा हाल ३६० जना विद्यार्थी अध्ययनरत् रहेको प्रिन्सिपल श्रेष्ठले बताए ।

सो विद्यालयले पढाइसँगसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: