गौरादह, २२ साउन । बाइसौँ विश्व आदिवासी दिवसको अवसर पारेर झापाको खजुरगाछी गाविसमा शनिबार विश्व आदिवासी दिवसको महत्व विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाती माहासंघ गाउँ समन्वय परिषद् खजुरगाछीका अध्यक्ष आत्माराम राजवंशीको सभापतित्वमा संचालित कार्यक्रममा नेपाल आदिवासी जनजाति माहासंघका अध्यक्ष पारसमणी राईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा देवीप्रसाद राजवंशी, गंगाराम ताजपुरिया, फूलवती राजवंशी, श्याम नारायण गनगाई, गोपाल पौडेल, पर्वत राजवंशी, धनबहादुर थापा लगायतले बोलेका थिए ।
सोही अवसरमा गाविसभित्र रहेका आदिवासी जनजाति समुदायका युुवाहरुमा प्राविधिक क्षमताको विकास गराउने उद्देश्यले संचालन गरिएको तीन महिने कम्प्युटर तालिममा सहभागी २७ जना युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
गाविसको सभा हलमा सम्पन्न कार्यक्रममा स्वागत हरि श्रेष्ठले र संचालन गोपालप्रसाद सिंह गनगाईले गरेका थिए ।