ट्रेड युनियनले पदभार सम्हाल्यो

  प्रकाशित मिति
३१ जेष्ठ २०७३, सोमबार १३:०५


trd union
भद्रपुर । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, झापाको पहिलो कार्यसमितिले सोमबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । झापा जिविस हलमा आयोजित समारोहमा निर्वाचन समितिका निर्वाचन अधिकृत रोमनाथ अधिकारीले सदस्यताको प्रमाणपत्र पदान गरेपछि समितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मदन भूजेलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा जिल्ला न्यायाधीस, स्थानीय विकास अधिकारीलगायतका अतिथिहरुले सेवाग्राहीको हकहितलाई केन्द्रमा राखेर कर्मचारीहरुले काम गर्ने वातावरण तयार गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे । उनीहरुले समितिको सफलताको शुभकामना पनि व्यक्त गरे ।

निजामती कर्मचारीहरुको सबै समेटिने गरी पहिलोपटक स्थापित आधिकारिक ट्रेड युनियनको निर्वाचन जेठ १९ गते देशभरि सम्पन्न भएको थियो । झापामा निजामती कर्मचारीका ६ वटा संगठनले भाग लिएका थिए । उनीहरुले प्राप्त गरेको मतका आधारमा युनियन गठन भएको हो । ६ वटा संगठनले निर्वाचनमा भाग लिए पनि झापामा नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले मात्र आवश्यक मत प्राप्त गरेका कारण समितिमा उनीहरुको मात्र प्रतिनिधित्व छ ।

मतपरिणाममा पहिलो हुने संगठनको भागमा अध्यक्ष, अध्यक्ष, सचिव, कोषाध्यक्ष पदाधिकारी र ३ सदस्य तथा युनियनको तर्फबाट उपाध्यक्ष र सहसचिव पदाधिकारीसमेत ३ सदस्य गरी ११ सदस्यीय कार्यसमिति गठन भएको निर्वाचन समितिले जनाएको छ ।

आधिकारिक ट्रेड युनियनको पहिलो समितिको अध्यक्षमा संगठनका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईं, उपाध्यक्षमा युनियनका अध्यक्ष लक्ष्मीप्रसाद दाहाल, सचिवमा संगठनका हिमाल पौडेल, सहसचिवमा युनियनका वीरेन्द्रबहादुर वस्नेत र कोषाध्यक्षमा संगठनकी उपाध्यक्ष आरती पोखरेल छन् भने सदस्यमा संगठनका तर्फबाट ज्ञानमणि पोखरेल, गणेश पौडेल, अर्जुन तिवारी छन् भने युनियनका तर्फबाट राजु दाहाल, जीवराज भट्टराई र लेखप्रसाद भट्टराई रहेका छन् ।

पदभार ग्रहण गरेसँगै नयाँ कार्यसमितिको पहिलो बैठक अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंको अध्यक्षतामा बसी कर्मचारीको हकहितका सवालमा, सेवाग्राहीलाई सरल ढंगले सेवा दिने सवालमा युनियनले साझा धारणा बनाउने निर्णय गरेको सचिव हिमाल पौडेलले जानकारी दिए । बैठकले यो ऐतिहासिक प्रथम निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेको अध्यक्ष गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: