आन्तरिक राजस्वले उठायो रु. तीन अर्ब

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार ०७:१८



भदपुर, २ साउन (रासस) ः आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको जनाएको छ ।

कार्यालयले आर्थिक बर्ष २०७६÷०७७ मा विभिन्न शीर्षकमा रु. तीन अर्ब एक करोड अर्थात लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए ।

कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्त शुल्कतर्फ रु. ३८ करोड र अन्य शीर्षकमा रु. १ करोड गरी रु. तीन अर्ब १ करोड राजस्व संकलन गरेको छ ।

उनका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग कार्य क्षेत्र रहेको कार्यालयले गत बर्ष रु तीन अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा बृद्धि भएको जनाएको छ । सो आर्थिक बर्षमा रु. दुई अर्ब ६३ करोड मात्र राजस्व संकलन भएको थियो ।

‘कोडिभ १९ का कारण सम्पूर्ण व्यवसाय ठप्प भए’, प्रमुख श्रेष्ठ भन्छन्, ‘यसको प्रत्यक्ष असर राजस्व सकंलनमा देखियो । यस्तो अवस्थामा समेत लक्ष्यको ८२ पतिशत कर संकलन गर्न सक्नु कार्यालयको ठूलो उपलब्धि हो ।’

उनले २० लाखसम्म कारोवार गर्ने करदातालाई आय कर बुझाउनका लागि कार्यालय नआई बैंकबाट वा घरमै बसेर आफ्नो इ–बैकिङ सेवा प्रयोग गरेर पनि पैसा दाखिला गर्दा हुने प्रणालीको विहीबारबाट लागू गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: