आन्दोलनको तुक नभएको ओली पक्षीय वडा भेलाको निष्कर्ष

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १८:०८


मेचीनगर, १० माघ । मेचीनगर नगरपालिका वडा न. १० मा आज सम्पन्न नेकपाको ओली पक्षीय अगुवा कार्यकर्ता भेलाले सरकारविरुद्ध आन्दोलनको तुक नभएको निष्कर्ष निकालेको छ ।

अग्रज कार्यकर्ता भेलाको प्रमुख वक्तामा नेकपा केन्द्रीय सदस्य हरिचरण बानियाँ, प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरेलगायत थिए भने भेलाको अध्यक्षता वडाका संयोजक प्रकाश खड्काले गरेका थिए ।

ओली नेतृत्वको सरकारले लोककल्याणकारी कार्य गरेको र प्रचण्ड–नेपाल पक्षले कुर्सीको लडाइ लडेर सरकारलाई असफल साबित गर्न खोजेको जिकीर गदै वक्ताहरुले देशलाई डुबाउने प्रयत्न असफल पार्न प्रधानमन्त्री ओलीले संसद विघटनको बाध्यकारी कदम उठाएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिचरण बानियाँ, प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरे, जिल्ला कमिटीका सल्लाहकार भीम खवास, मेचीनगर नगर सचिव राजु पोख्रेललगायतले मन्तब्य राखेका थिए ।

पार्टीका युवा नेता मणि विद्रोहीले सञ्चालन गरेको सो भेलामा नेकपा जिल्ला सदस्य शोभा खवास, महिला नेतृ रमा दवाडीसहित दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: