आफैंलाई पहिचान गरौँ

  प्रकाशित मिति
९ माघ २०७३, आईतवार १२:२६


Kiran kattelआफूले आफूलाई चिन्न सक्नु, आफ्नो सबल अनि दुर्बल पक्षको पहिचान गर्न सक्नु र सही ठाउँमा त्यसलाई सावित गर्न सक्नु नै मानिसको महत्त्वपूर्ण गुण हो । अन्तर्मनको पुकारलाई बेवास्ता गरे मानिस धोकामा बाँच्न बाध्य हुन्छ ।

‘तिमी यस्तो बन जहाँ तिमी हुन्छौ, त्यहाँ सबैले तिम्रो प्रशंसा गरुन् । जहाँबाट तिमी छुट्छौ सबैले तिमीलाई याद गरुन् र जहाँ तिमी जान्छौ त्यहाँ सबैले तिम्रो प्रतिक्षा गरुन् ।’
परिष्कृत जीवन बिताउने चाहनामा आज मानिस भौतिकवादमा रुमलिएको छ । जीवन जिउने व्रmममा मानिसले यस्ता थुप्रै काम सम्पादन गर्दछ, जसले उसको जीवन भोगाइमा असर पर्दछ । यसरी जीवनमा आफूले गरेका कामहरुप्रति आफूलाई सन्तुष्टि प्राप्त गरिने काम गर्नु नै आज मानिसको पहिलो चुनौती हो । काम परीक्षा हो भने भोगाइ परीक्षाफल । राम्रो कामले राम्रो भोगाइ उपलब्ध गराउँछ । राम्रो काम अनि त्यसपछिको भोगाइमा आफूलाई सन्तुष्ट बनाउन मानिसले आफूलाई पहिचान गर्न अत्यावश्यक छ ।

संसारमा सबैभन्दा छिटो गर्न सकिने काम आँखा झिम्क्याउनु हो भने सबैभन्दा महत्त्वपूर्ण काम आफूलाई चिन्नु नै हो । हामी यो संसारमा किन आयौँ र यो संसार छोडेर जाँदा कुन स्थान ओगटेर जान्छौँ ? हामी जन्मिनुको उद्देश्य के थियो र सो उद्देश्य हामीले कति हदसम्म पूरा गरेका छौँ ? यी कुरा हामी मनन् गरौँ । आफूले आफूलाई चिन्न सक्नु, आफ्नो सबल अनि दुर्बल पक्षको पहिचान गर्न सक्नु र सही ठाउँमा त्यसलाई साबित गर्न सक्नु नै मानिसको महत्त्वपूर्ण गुण हो । अन्तर्मनको पुकारलाई बेवास्ता गरे मानिस धोकामा बाँच्न बाध्य हुन्छ । यो धोकाले मानिसलाई मात्र हैन समाज अनि सिङ्गो व्यवस्थालाई थङ्थिलो बनाइदिन्छ ।

भनिन्छ मान्छेले सारा संसारलाई धोका दिन सक्छ तर आफूलाई कदापि छल्न सक्दैन । घरको सदस्यको माग पूरा गर्न फड्को मारेको एउटा चोर पनि आफूमा सन्तुष्ट रहन सक्दैन किनकि उसको मनमा सदैव डर र त्रासको भावना चलिरहेको हुन्छ । मान्छेले आफूलाई चिनिसके पनि ऊ सारा संसारलाई आफू उच्च स्थानमा छु भन्ने देखाउन हरदम प्रयास गरिरहेको हुन्छ । मानिसले आफ्नो कमजोरीलाई स्वीकार्न यति गाह्रो मानिरहेको हुन्छ कि ऊ गलत नै भए पनि आफूलाई सही साबित गर्न अनेकौँ देखावटी प्रयासमा जुट्दछ । आफ्नो तागतलाई तिखार्दै आफ्नो कमजोर पक्षलाई सुधार्दै जानु नै एउटा असल मानिसको पहिचान हो ।

असल मान्छे प्रायः आफ्नो जीवनमा सन्तुष्ट हुन्छ । सन्तुष्टिले मानिसमा सकारात्मक ऊर्जा पैदा गर्दछ । सन्तुष्टि भन्नाले चुप लागेर बस्नु होइन, बरु परिष्कृत हुनु हो । आफूले गर्दै गरेको आफूले बोलेको बोली वचनले अर्काको अनुहारमा ल्याएको खुसीले पनि आफ्नो जीवन कतिको सन्तुष्ट छ भन्ने कुराको मापन गर्दछ ।

प्रव्रिmयागत तौरतरिकामा छुट्टाछुट्टै विशेषता बोकेका मानिससँग हाम्रो दिनचर्या बित्ने गर्दछ । यी र यस्ता जम्काभेटले मानिसमा छुट्टाछुट्टै अनुभव प्राप्त गर्न सहयोग गर्दछ । तर, यस्ता अनुभव सधैँ एकैनासको हुन्छ भन्ने हुँदैन । प्रवृत्तिवश भिन्न मानिसका भिन्न सोचाइ हुन्छन् । यसको प्रभावमा मानिस बहकिन सक्छ । यस्ता नकारात्मक बहावमा नलागी आफूलाई पहिचान गर्दै जीवन गति बढाउन मानिसको यथार्थ जीवन लुकेको हुन्छ ।

सकारात्मक सोच, असल काम अनि सन्तुष्ट जीवन मानिसका महत्त्वपूर्ण पक्ष हुन् । सन्तुष्ट जीवनका आधारहरु धेरै होलान् । सुखी परिवार, राम्रो आम्दानीको स्रोत, असल साथी, महँगो गाडी, प्रेमी–प्रेमिकाको साथ आदि । तर, यी सबैको प्राप्ति जीवनको सार्थकता हो त ? पक्कै होइन । कारण यी सबैको प्राप्तिपछि पनि मानिस आत्तिएकै छ । त्यो आत्तिएको मानिस दुई तरिकाले विभाजित छ । एक, मानिसले गरेको प्राप्तिपछि पनि अझ धेरै प्राप्तिका लागि अग्रसर छ र ऊ आत्तिएको छ । यस प्रकारको आत्तिनु त्यति धेरै नकारात्मक होइन । दोस्रो, अर्काे मानिस जो आफूले गरेका उद्देश्यप्रति विश्वास गर्न सक्दैन । किनकि उसले आफूलाई पहिचान गर्न सकेको छैन । ऊ डगमगाउँछ र लड्छ । उसलाई थाहा हुन्छ भित्रबाट ऊ कमजोर छ अनि सारा संसार र आफन्तलाई साबित गर्न त्यो कमजोर मान्छे असफल रहन्छ । तसर्थ मान्छेले आफूलाई चिन्न जरुरी छ ।

जन्मजात नै मानिस सम्पूर्ण हुँदैन । धेरै प्रकारका तत्त्वले मान्छेलाई पूर्ण बनाउँछ । कमजोरी मानिसभित्रका अनेक तत्त्व मध्येको एक हो तर आफ्नो कमजोर पक्षलाई स्वीकार नगर्नु चाहिँ मानिसको सबैभन्दा ठुलो नकारात्मक पक्ष हो । पारिवारिक वातावरण, साथी सङ्गत, अभिभावकको हेरचाहको कमी आदिले मानिसलाई कमजोर बनाउन सक्छ । तर, यी कमजोरीलाई आत्मसात गर्दै सुधार गर्न सके मानिस सफल बन्ने पक्का छ । म केही गर्न सक्दिनँ, अरु मभन्दा सबल छन् भनी सोच्यो र डरायो भने मानिस सधैँ कमजोर नै रहन्छ र जीवनमा सधैँ ठक्कर खानुपर्छ । तर, अरु सफल मानिस पनि मजस्तै त हुन् नि । सफल मान्छेमा पनि मेरो जस्तै रगत र पसिना दौडन्छ भने ऊ किन सक्षम र म किन अक्षम भनी आफैँसँग प्रश्न गर्न जरुरी छ । यो प्रश्नले मानिसमा गतिशील ऊर्जा पैदा गर्दछ जसले जीवनमा मार्गनिर्देशन गर्न सहयोगी भूमिका खेल्न सक्छ ।

जति सजिलै कुनै काम अगावै मानिस हरेस खान्छ र निराश हुन्छ, त्यति नै सजिलै मानिसले म सक्छु भनी सकारात्मक ऊर्जा आर्जन ग¥यो भने, आफूलाई पहिचान गर्न सक्यो भने समाजकै हित हुनसक्छ । हुँदैन होला भन्ने डर, गर्दै नगरी थाल्दै नथाली बिग्रन्छ होला भन्ने सोचले मानिसलाई अधोगतितर्फ धकेल्न सहयोग गरेको हुन्छ । निराशावादी होइन, आशावादी अनि आध्यात्मवादी भई भौतिक संसारमा रमाउन सके मानिस सफल नबन्ने प्रश्नै उठ्दैन । यसले मानिसमा व्यक्तिगत फाइदाका साथै समाज, राष्ट्र अनि विश्वका निम्ति लाभान्वित तुल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: