सुरक्षा भत्ता वापत पाएको रकम अपाङ्गकै हितमा स्थापना गरेको अक्षयकोषलाई

  प्रकाशित मिति
२४ पुष २०७७, शुक्रबार १५:५०


झापा, २४ पुस । समाज सुधार अपाङ्ग सहयोग समितिलाई मेचीनगर नगरपालिका–९ की २८ बर्षीया सिर्जना कट्टेलले आफूले पाएको सुरक्षा भत्ता वापतको रकम आज प्रदान गरेकी छिन् ।

उनले आफ्ना स्व. हजुरबुबा, हजुरआमा डिल्लीराम कट्टेल र कौशिला देवी कट्टेलको स्मृतिमा आफूले पाएको १३ महिनाको सामाजिक सुरक्षा भत्ता वापतको रकम समितिका अध्यक्ष धर्मराज घिमिरे र उपाध्यक्ष गंगा संग्रौलालाई हस्तान्तरण गरेकी हुन् ।

उनले सो रकम शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाको पालनपोषण र शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले स्थापना गरेको अक्षयकोषमा जम्मा गर्न आग्रह गरेकी छिन् ।

“आर्थिक रुपमा विपन्न र अशक्तहरुलाई भविष्यमा पनि सहयोग गर्छु”, उनले भनिन् । आफूले पाएको सुरक्षा भत्ता वापतको सबै रकम यसरी सामाजिक सेवामै खर्च गर्ने उनको भनाई छ । उनले आफू ‘ग’ वर्गको अपाङ्गता भएकाले सरकारबाट सुरक्षा भत्ता वापत मासिक रु. एक हजार ६०० पाउँदै आएको बताइन् ।

सोसोलोजीमा एमए गरिसकेकी सिर्जना सोही विषयमै पीएचडी गर्ने तयारीमा रहेको उनका पिता राम कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: