आफ्नैबाट पनि असुरक्षित

  प्रकाशित मिति
२६ मंसिर २०७३, आईतवार ०९:१५


footer_logo_13
विर्तामोड । बिर्तामोड नगरपालिका–२ का ६ महिने बालक सुरज दासलाई आफ्नै वाबु देवदासले ०७२ माघ २४ गते राति सुतेकै अवस्थामा सिरकले थिचेर हत्या गरे ।
सोही ठाउँकी ३६ बर्षीया समन्ती राजवंशीलाई उनकै पतिले खुकुरी प्रहार गरी हत्या गरे । झापामा एक वर्षको अवधिमा भएका हत्याका यी प्रतिनिधि घटना मात्र हुन् ।
धेरैजसो मानवअधिकार उल्लङ्घनका घटनामा परिवारकै सदस्यको संलग्नता रहेको पाइएको छ । उनीहरु आफ्नै परिवारका सदस्यबाट असुरक्षित रहेको एक तथ्याङ्कले देखाएको छ ।

मानवअधिकार वर्ष पुस्तक सन् २०१७ प्रकाशन पूर्वको समिक्षा कार्यव्रmममा इन्सेक झापाले मानवअधिकार उल्लङ्घनका घटना सार्वजनिक गरेको हो । इन्सेकले शनिवार विर्तामोडमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा झापामा ३५ वटा घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । गत वर्ष सोही अवधिमा जिल्लामा ६४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको इन्सेक प्रतिनिधि अर्जुन बस्नेतले जानकारी दिए ।

उनका अनुसार सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा झापामा १० वटा हत्याका घटना भएका छन् । एउटा अपहरणको घटना भएको प्रतिवेदनमा उल्लेख छ । बालअधिकार अन्तर्गत बलात्कारपछि एकजनाको हत्या भएको छ । त्यस्तै, १६ वर्षमुनिका ७ जना बालबालिका बलात्कृत भएका छन् । ५ जना बालबालिकामाथि बलात्कारको प्रयास भएको इन्सेकको तथ्याङ्कमा छ । महिलाअधिकार अन्तर्गत ६ वटा बलात्कार र ४ वटा बलात्कार प्रयास भएका छन् ।

झापामा मानवधिकार उल्लङ्घनका घटनामा यो वर्ष कमी आएको बस्नेतले बताए । ‘पछिल्लो समय जिल्लामा मानवधिकार उल्लङ्घनमा कमी आएको देखिन्छ,’ उनले भने–‘कानुन कार्यान्वयनमा कडाई र प्रभावकारी हुँदा हनन्का घटनामा सुधार आएको हो ।’ नागरिकमा सचेतना बढेसँगै मानवअधिकार उल्लङ्घनमा कमी आएको उनको बुझाइ रहेको छ ।

यसअघि राजनीतिक दलहरुको हस्तक्षेपका कारण दण्डहीनता बढेको थियो । तर, पछिल्लो समय यस्ता घटनामा राजनीतिक हस्तक्षेप कम हुँदै गएको इलाका प्रहरी कार्यालय विर्तामोडका इन्स्पेक्टर मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार झापा सचेत नागरिक बसोबास गर्ने जिल्ला भएकाले हनन्का घटनामा कमी आएको हो । इन्सेकले हरेक वर्ष मानवअधिकार उल्लङ्घनका घटना सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: