आफ्नैमाथि भारतको यो ज्यादति (फोटो फिचर)

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार १५:१३


फोटो पत्रकार : देबेन्द्र खरेल

मेचीनगर, २४ जेठ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक भनेर कहिल्यै नथाक्ने भारत आफ्नै नागरिकहरुप्रति कतिसम्मको ज्यादति गर्न सक्छ भन्ने दृश्य यतिबेला काँकरभिट्टाको सीमानाका पुग्दा देख्न पाइन्छ ।

लकडाउनका कारण हजारौंको सङ्ख्यामा नेपालको विभिन्न स्थानबाट ओइरो लागेका भारतीय नागरिकहरुलाई सहज रुपमा लैजान भारतले नाकामा आनाकानी गरिदिदा तिनीहरुको घोर विचल्ली भएको छ ।

काँकरभिट्टा बसपार्क र मेचीको नवनिर्मित पुलमुनि काखे बालबच्चा, गर्भवती महिला र वृद्धवृद्धाहरु रुँदैरुँदै रात बिताउन बाध्य छन् । उनीहरु आफ्नै मुलुकले किन यस्तो नराम्रो व्यवहार गरेको भन्दै आक्रोशित पनि छन् ।

धन्न काँकरभिट्टा सोसाइटीले उनीहरुलाई भोको राखेको छैन । निःशुल्क रुपमा खाना खुवाइरहेको छ ।

दिनैपिच्छे नाकामा आइपुग्नेहरु बढिरहेका छन् । यो सङ्ख्या २० हजारसम्म पुग्ने आँकलन गरिदैछ । तर भारतले दिनमा एक दुई सय जनाभन्दा बढी लैजान मानिरहेको छैन ।

नाकामा अलपत्र भएका अधिकांश भारतीयहरु नेपालको इटाभट्टा कारखाना र अरु उद्योगमा काम गर्न आएका मजदुर हुन् । उनीहरुलाई सम्बन्धित उद्योगले बसमा चढाएर काँकरभिट्टा ल्याइदिने गरेको छ ।

उनीहरुलाई नेपालीहरुले भात खुवाएर विदा गरेर पुलमुनि पठाउँछन् । तर भारतीय सुरक्षाकर्मीहरुले विभिन्न कागजपत्र खोजेर बहाना गर्दै अल्मलाएर रोक्ने गरेको छ ।

बालवालिका, महिला र ज्येष्ठ नागरिकहरुको ठूलो सङ्ख्या भएको हुँदा मानवीय आधारमा नेपाली पक्षले उचित सहयोग पुर्याउँदै आएको देखिन्छ । तर भारतीय पक्षले आफ्नै नागरिकले यत्रो दुःखकष्ट पाइरहँदा पनि लैजान आनाकानी गरेको दृश्य दुखःलाग्दो छ ।

(हेर्नुहोस् फोटो फिचर )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: