आफ्नै ब्राण्ड बनाएर सुपारी निर्यात गरौं

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार ०६:३९


supari
बुधबारे । राष्ट्रिय सहकारी सङ्घका केन्द्रीय अध्यक्ष केशव बडालले नेपालमा उत्पादित सुपारीलाई आफ्नै ब्राण्ड बनाएर निर्यात गर्नुपर्ने बताएका छन् ।

सुपारी कृषकहरु आाबद्ध झापालगायत सुपारी खेती हुने जिल्लाका सुपारी सहकारी संस्थाहरुको छाता सङ्गठन नेपाल केन्द्रीय सुपारी सहकारी सङ्घको प्रथम साधारणसभाको यहाँ एक समारोहका बीच उद्घाटन गर्दै सांसदसमेत रहेका बडालले रहेका सो कुरा बताएका हुन् ।

समारोहका प्रमुख अतिथि बडालले पूर्वी नेपालका जिल्ला मात्र नभई सुपारी उत्पादनका लागि प्रशस्त सम्भावना बोकेका जिल्ला ३० ३२ जिल्लामै सुपारी खेती प्रवद्र्धन गर्न सुझाव दिए । उनले नगदे बालीको रुपमा रहेको सुपारीलाई अत्याधुनिक प्रविधिद्वारा प्रशोधन अनि प्याकेजि गरी आफ्नै ब्राण्डमा सहकारीमार्फत दोस्रो तथा तेस्रो मुलुक निर्यात गर्ने हो भने अन्तराष्ट्रिय सहकारी महासङ्घले पनि सघाउन सक्ने बताए ।

सहकारी अगुवा बडालले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने धारणा राखे ।

सङ्घका केन्द्रीय अध्यक्ष लयप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले सुपारी उत्पादन ह’ने जिल्लाहरुमा सुपारी खेतीका लागि सरकारले लगानी गर्नुपर्ने बताउँदै तेस्रो मुलुकबाट आयात हुने सुपारीको परिमाण घटाउँदै लैजानुपर्ने धारणा राखे ।

सुपारी सहकारीहरु गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको संस्था नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले उत्पत्तिको प्रमाणपत्रको सिफारिश दिने लिने सन्दर्भमा किसानहरुको प्रतिनिधिमूलक संस्थालाई पाखा लगाएर सो अधिकार हडप्ने र आयातीत सुपारीलाई वैध बनाएर निकासी गर्ने खेलहरु भइरहेको भन्दै त्यसबाट सचेत रहन सुपारी किसानहरुलाई आग्रह गरे ।

सङ्घका सचिव रविचन्द्र नेपालले सञ्चालन र उपाध्यक्ष विश्वनाथ ढकालले स्वागत गरेको कार्यक्रममा अध्यक्ष भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक घनश्याम सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौला, झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष हरिचरण वानियाँ, मोरङ जिल्ला सहकारी सङ्घका अध्यक्ष डिल्लीराम पोखरेल, जिल्लाका पार्टीहरुको तर्फबाट एकीकृत नेकपा माओवादीका ज्योतिसिंह दर्लामीले शुभकामना मन्तव्य राखेको सो समारोहमा सुपारी प्रशोधनतर्फ बुधबारेको श्रीकृष्ण सुपारी सहकारी संस्था, उत्पादनतर्फ बुधबारेकै सेतीपानी सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था र वचत तथा ऋणतर्फ शान्तिनगरको सुनौलो सुनगाभा सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्थालाई पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: