आफ्नो डाक्टर आफै बन्ने हो कि ?

  प्रकाशित मिति
८ जेष्ठ २०७५, मंगलवार १७:०२


हाम्रो समाजमा स्वास्थ्य सम्बन्धी चेतनाको विस्तार हँुदै गएको छ । यो सकारात्मक कुरा हो । विगतमा जस्तो रोग पालेर बस्नेकाम कम हुँदै गएको छ । रोग पाल्ने कारण मध्येको एक हो, आर्थिक अभाव र दोश्रो हो स्वास्थ्य जागरणको अभाव । कतिपय मानिसका खासै आर्थिक अभाव नभए पनि नियमित स्वास्थ्य जाँच गराउने अभ्यास छैन । यसको कारण मानिसले आफ्नो स्वास्थ्यको नियमित जाँच गराएर शरीरको अवस्थाबारे जानकारी पाउँदा रोगलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।

समस्या सक्नेले पनि नियमित स्वास्थ्य जाँच नगराउने मात्रै होइन, भरपर्दो र विश्वास योग्य अस्पताल र चिकित्सकको पनि हो । २०५०–५५ सालसम्म नेपालमा अस्पताल, नर्सिङ होमको ठुलो अभाव थियो । साधारण बिरामको लागि पनि भारतको भर पर्नुपर्ने अवस्था थियो । नेपालमा केही सीमित सरकारी अस्पताल थिए । तिनको सेवा कमजोर एवम् अपुग थियो नै । निजी क्षेत्रका अस्पतालको संख्या एकदमै न्युन थियो । त्यो पनि सीमित स्तरको सेवा उपत्यकामा मात्रै थियो । उपत्यका बाहिरको निजी क्षेत्रको सेवा त झनै सीमित थियो ।

यो अवधिमा सरकारले अस्पतालको सञ्जाल गाउँगाउँमा त पु¥यायो । तर, सेवा भरपर्दो छैन । भएका जिल्ला र अञ्चल अस्पताको हालत नै राम्रो नभएपछि गाउँगाउँमा पु¥याएको स्वास्थ्य चौकीको हालत राम्रो हुने कुरै भएन । कहीँ कतै अलिराम्रो सेवा जनताले पाएका रहेछन् नै भने त्यो सरकारको क्षमतालेभन्दा पनि सेवा दिने व्यक्तिको इच्छाले काम गरेको अवस्था छ ।

अहिलेसम्मको विकासले धेरै मानिसमा बनाएको चेतना भनेको बिरामी भइयो भने उपचारका लागि अस्पताल जानुपर्छ, डाक्टरको सल्लाह लिनुपर्छ भन्ने हो । यो पनि एक प्रकारको उपलब्धि हो । विगतमा बिरामी हुनुलाई पनि भाग्यको खेल ठान्ने, बिरामी भएपनि हत्तपत्त अस्पताल नजाने, डाक्टर भेट्नु, जचाउनु भन्दा पनि किराना पसल, औषधि पसलमा गएर दवाई किनेर खाने प्रचलन निकै जबर्जस्त थियो । अहिले पनि विशेष गरी ग्रामीण भेगमा महिला रोग लुकाएर र पालेर बस्नेको खासै कमी छैन । तथापि समाज स्वास्थ्य सम्वन्धी चेतनामा विगतमा भन्दा धेरै माथि उठेको छ भन्न सकिन्छ ।

कुनै समयमा अस्पताल र डाक्टरसम्मको पहुँच बिरामीका लागि सहज थिएन । आज अस्पताल (निजी वा सरकारी) र डाक्टर नजिकमा छन् । तर, स्वास्थ्य सेवा विश्वसनीय बन्न सकेको छैन । सरकारी अस्पताल र त्यहाँको सेवा नागरिकप्रति जिम्मेवार बन्न सकेको छैन । नीजि अस्पताल र क्लिनिक धाउने डाक्टरको सेवामा अस्पताल र डाक्टरलाई धनी बनाउन अनावश्यक रुपमा कति पैसा क–कसलाई कति बढी तिर्नुपर्ने हो भन्ने चिन्ता बिरामी र तिनका आफन्तलाई हुने गर्छ । बिरामी र तिनका आफन्तले ढुक्कले यति गर्नैपर्ने हो, यो जचाउनु पर्ने नै हो, यति दिन अस्पताल बस्नु पर्ने नै हो, फलाना–फलाना डाक्टरलाई भेटनु पर्ने नै हो, यति खर्च लाग्ने नै हो भनेर चित्त बुझाउन सक्ने अवस्था छैन । स्वास्थ्य सेवा लिन गएका मानिसको मनमा किन यस्तो शङ्का उठने गर्छ यसको कारण सबैले खोज्ने र निराकरण गर्ने हो भने यो सबैका लागि राम्रै हुने थियो ।

अहिले बिरामी भएपछि उपचार खोज्ने चेतना पलाएको छ । सबैले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन । राज्यले सबै उपचार गरिदिने गरेको छैन सायद त्यो अवस्था पनि छैन कि ? अहिले विपन्न परिवारलाई समेटेर स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । केही नभएको अवस्थामा यो पनि केही त हो ।

यो लेखमा मैले प्राथमिकताका साथ उठाउन चाहेको कुरा बिरामी भएपछि उपचार कसरी गर्ने भन्ने होइन । बिरामी हुनु भनेको रोग लाग्नु हो । रोग लाग्नबाट बच्ने उपाय के हुन सक्छ ? के हामी रोग लाग्नबाट बच्ने उपाय गर्न सक्छौँ ? अथवा रोग लाग्नबाट बच्न नसके पनि रोगलाई नियन्त्रण गर्न वा कम रोगी हुन सकिन्छ कि सकिदैन ? अबको बहस यी र यस्तै प्रश्नहरुको उत्तर खोज्न लगाउनु पर्छ भन्ने हो । हाम्रो हालत कस्तो छ भने पहिला आफ्नो स्वास्थ्यको ख्याल नगरी पैसा कमाउन बल गर्छौँ जब स्वास्थ्य खराब हुँदै जान्छ तब पैसा खर्च गरेर उपचार खोज्न, स्वस्थ हुन चारैतिर दौडिन्छौँ ।

राज्य, केही सङ्घसस्था, परिवार, व्यक्ति सबैले बिरामी भएपछि उपचार कसरी सहज बनाउने ? कसरी उपचारको खर्च व्योहोर्ने ? जस्ता विषयमा ध्यान दिएको पाइन्छ । पत्रपत्रिकामा धेरै विपन्न परिवारका मानिस उपचार गराउन असमर्थ भएर उपचारको लागि सहयोगको याचना गरिरहेका हुन्छन् । जेनतेन उपचार खर्च जुटाउनेहरुमा पनि कतिले घरखेत नै गुमाउनु पर्ने हुन्छ । किनकी ज्यानभन्दा धन ठुलो होइन । तर, कसै गरेपनि धन जुटाउन नसक्नेले ज्यान फाल्नुको पीडा, आफन्त गुमाउनुको पीडा सहन बाध्य छन् । यो अवस्थामा सुधार ल्याउन थप सजग हुनुपर्ने अवस्था छ । त्यसबारेमा बहस हुन्छ, चर्चा पनि हुन्छ, भएको छ । तर, जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन सकेको छैन । त्यसैले यसबारेमा थप सचेत हुनसके सायद हामीले ठुलै सङ्कट टार्न सक्ने थियौँ होला ।

हामी आफ्नो स्वास्थ्यबारे धेरै कुरा थाहा पाउन नसक्ने भएपनि प्रयास गर्दा काम लाग्ने केही कुरा अवश्य थाहा पाउन सक्छौँ । आफ्नो स्वास्थ्यबारे चासो बढाउँदै जाँदा एकैपटक धेरै कुरा थाहा नभए पनि क्रमशः केही ज्ञान बढाउँदै जान सकिन्छ । यसबारेमा मेरा आफ्नै केही अनुभव यस्ता छन् ।

म राजनीतिक कारणले २०४५ सालमा जेल परेको थिएँ । जेलमा धेरैजना राजबन्दी भएकाले पनि होला स्वास्थ्य रहन बिहान–बिहान व्यायाम गर्ने चलन चलायौँ । म पनि ब्यायाम गर्न थालेँ । जतिधेरै व्यायाम ग¥यो त्यति धेरै ढाड दुख्ने गर्न थाल्यो । यो क्रम करिव एक वर्ष चल्यो । धेरै दुखेपछि ब्यायाम गर्न छाडेँ । जेल बाहिर आएपछि एक दिन धुलाबारीमा योगगुरु आउनुहुन्छ योग सिकाउनु हुन्छ भनेपछि श्रीमती र म दबैजना गयौँ । त्यहाँ थाहा भयो ढाड दुख्ने मानिसले निहुरिएर ब्यायाम गर्नु नहुने रहेछ । यति कुरा थाहा पाउन मलाई बर्षौँ लाग्यो । त्यस्तै अर्को घटना छ–म पेटको रोगी रहेछु । दिसा नियमित नहुने र कब्जियत भएको रहेछ । मैले यसबारेमा खासै ध्यान नै दिइन । केही समय पछि मलाई छाती दुखेको महसुस भयो र जचाउन डाक्टरकोमा गएँ । उनी छातीका डाक्टर हुन् भन्ने बुझेको थिएँ । उनले सबै जाँच गरेँ । उनले सोधेका थिए, ‘दिसा कस्तो हुन्छ’ भनेर । मैले ठिकै हुन्छ भनेँ । वास्तवमा मलाई मेरो दिसा नियमित हुन्छ कि हुँदैन भन्ने समेत हेक्का रहेनछ । डाक्टरले तिम्रो छातीमा होइन पेटमा बिरामी छ भनेर दवाई दिए । दवाई खाँदासम्म ठिक फेरि उस्तै । यो क्रम केही वर्षसम्म चल्यो । पछि मेरो घुँडा दुख्न सुरु भयो । त्यसपछि ढाड दुख्न थाल्यो । मैले विषयका डाक्टरहरुलाई पटक–पटक देखाएँ । सल्लाह लिएँ । मलाई के अनुभव भयो भने म यी रोगहरुबाट दवाई खाएर मुक्त हुन सक्तिन । तर, मेरो शरीरमा भएका रोगहरु ग्यास्ट्रिक, घुँडा र ढाड दुख्ने रोगलाई उचित आहार, व्यायाम र व्यवहार गरेर नियन्त्रणमा राख्न सक्छु भन्ने बोध भयो । अवस्था कस्तो भयो भने म रोग निको पार्न जतिबेलासम्म डाक्टरकहाँ धाइरहन्थे र दवाई खाइरहन्थेँ त्यतिबेलासम्म स्वास्थ्यका बारेमा खासै सहज महसुस गर्न सकिन तर जब आहारमा नियन्त्रण, परहेज, व्यायाम, घुँडा र ढाडलाई असर पर्ने गरीको व्यवहारमा कमी ल्याएँ तब स्वास्थ्य अवस्था नियन्त्रणमा छ । मैले धेरैपछि जानकारी पाएँ मुख्य खाना खानुभन्दा एक घण्टा अघिदेखि एकघण्टा पछिसम्म पानी पिउनु हुँदैन भन्ने । जब मैले खानासँगै पानी पिउन छाडेँ मेरो ग्यास्टिक समस्या निकै कम भयो ।

हामीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, जिब्रोको लागि मात्रै नभई शरीरको लागि बढी ध्यान दिएर खाने, चाहिने जतिमात्रै खाने, चाहिने जति सन्तुलन मिलाएर खाने गर्दा राम्रो हुन्छ । धेरै रोगको श्रोत आहार नै हो । त्यसैले खानु पिउनुभन्दा अगाडि एक पटक सम्झने, बिचार गर्ने, म के खादैछु, के यो ठिक हो ? भनेर ध्यान दिने हो भने राम्रो हुन्छ । हामी आफ्नो मोटर गाडीमा भएसम्म राम्रो, शुद्ध इन्धन हाल्छौँ, राम्रो पार्ट्स राख्न चाहन्छौँ, शुद्ध र राम्रो लुब्रिकेन्ट प्रयोग गर्न चाहन्छौँ । किनकी हामी हाम्रो सवारी साधनको माया गर्छौँ । साधन बिग्रन्छ कि भनेर सचेत हुन्छौँ । तर, कुनै मूल्यमा नपाइने, अति सम्वेदनशील अङ्ग भएको, यो अति सुष्म तत्वहरुको सन्तुलनबाट चलेको आफ्नो शरीरका लागि के ठिक के बेठिक धेरै ख्याल नै नगरिकन जिब्रोको लागि, साथिभाइले भनिहाले, कर गरे, एक पटकलाई जस्ता बहानामा आफ्नै शरीर माथि घोर अन्याय गरिरहेका हुन्छौँ ।

शरीर स्वस्थ राख्न ब्यायामको ठुलो महत्व छ । ब्यायाम भनेको शारीरिक परिश्रम हो । हिँड्दा, डुल्दा, काम गर्दा शारीरिक श्रम हुन्छ र शरीरलाई स्वस्थ राख्न सहयोग हुन्छ । तर, हामी यस्ता खाले परिश्रम वा ब्यायामबाट टाढा हुँदैछौँ ।

खानाको परिकार र ताजापनले स्वास्थ्यमा ठुलो महत्व हुन्छ । तर हामी तयारी बजारे खानामा आकर्षित भइरहेका छौँ । शहरीया जीवनमा पनि कौशीमा, करेसा बारीमा, गमलामा, बोरामा माटो भरेर थोरै भएपनि (झण्डै परिवारलाई पुग्ने) तरकारी फलाउन सकिन्छ । तर, गाउँमा समेत बारी बाँझो राखेर रेमिटको पैसाले सहरको तरकारी किन्ने फेसन बढ्दो छ । बजारमा बेचिने तरकारी, फलपूmल बिषादी मुक्त पाउन मुस्किल छ ।

स्वस्थ रहनका लागि सन्तुलित भोजनको ठुलो महत्व छ । तर, हाम्रो भाते संस्कृति बढी छ । खानामा फलपूmल, तरकारी, दुधदही, माछामासु, अण्डा वा प्रोटिनका अन्य श्रोत आदिको साधारण ख्याल गर्दा मात्रै पनि स्वास्थ्यमा फाइदा पुग्छ । यी र यस्ता अनेक उपायबाट शरीरको स्वास्थ्यलाई टेवा पु¥याउन सकिन्छ । रोगी भइसकेपछि डाक्टर, अस्पताल, औषधि, उपचार आदिका लागि धेरै समय र पैसा खर्चनै पर्छ । उपचार, औषधि, डाक्टर सही हुन्छ कि हँुदैन ? परीक्षण ठिक हुन्छ कि हुँदैन ? त्यो बेग्लै कुरा हो । नगरी हुँदैन, गर्नैपर्छ । जसरी पनि गर्नुपर्छ । सके पनि गर्नुपर्छ नसके पनि गर्नु पर्छ । तर, समयदेखि नै आफ्नो स्वास्थ्यको बारेमा नियमित परीक्षण गरेर जानकारी लिने, आहार, ब्यायाम आदिको सन्तुलन मिलाउने, आफ्नो स्वास्थ्यको आपैmले नियमित ख्याल राख्ने होभने पक्कै पनि सबैको हित हुन्छ । त्यसैले बेलैदेखि आफ्नो डाक्टर आपैm बन्ने हो कि ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: