आमडाँगीका प्रधान परिवारले आश्रमलाई दान दिए ४५ कठ्ठा जग्गा

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १५:१७


मेचीनगर, २१ असोज । मेचीनगर–४ स्थित आमडाँगीका प्रधान परिवारले मानव सेवा आश्रम निर्माणका लागि ४५ कठ्ठा जग्गा निःशुल्क दान गरेका छन् ।
वडा नम्बर ४ का ८० वर्षीय रामबहादुर प्रधान, उनकी जेठी श्रीमती लक्ष्मीमाया प्रधान र कान्छी श्रीमती पुर्णमाया प्रधानले आफ्नो नाममा रहेको ४५ कठ्ठा जग्गा आश्रम निर्माणका लागि निःशुल्क दान गरेका हुन् ।

हाल सो क्षेत्रमा ४५ कठ्ठा जग्गाको मुल्य दुई करोड २५ लाख पर्छ ।

बुधवार मेचीनगर नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच जग्गादाता तीनै जना प्रधान परिवारले आश्रमका नाममा दर्ता गरिदिएको धनीपुर्जा मेचीनगरपालिका मार्फत आश्रमलाई हस्तान्तरण गरिदिएका छन् ।

कार्यक्रममा प्रधान परिवारले मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीमार्फत मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सो जग्गा हस्तान्तरण गरिदिएका थिए ।

कार्यक्रममा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती लगायतले मानविय कार्यमा समर्पित मानवसेवा आश्रमलाई मेचीनगरमा स्थापना गर्न पाउँदा खुसी लागेको बताएका थिए ।

अध्यक्ष अधिकारीले सो जग्गामा चाडपर्व सकिएपछि आश्रमको भवन निर्माण सुरु गरिने बताए । ३५ करोडको लागतमा २ सय जनासम्म बस्न मिल्ने सुविधा सम्पन्न भवन, मानवता अध्ययन केन्द्र र जेष्ठ नागरिक मनोमञ्जन केन्द्र निर्माण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा आश्रमका तर्फबाट जग्गादाता प्रधान परिवार र जग्गा व्यवस्थापनमा सहयोग गर्ने मोहन कटुवाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: