आमहड्ताल : मुख्य सहरमा फाट्टफुट्ट गुडिरहेकै छन् गाडी

  प्रकाशित मिति
२२ माघ २०७७, बिहीबार १३:१०


झापा, २२ माघ । नेकपाको प्रचण्ड–नेपालले आज प्रतिगमनको विरोधमा आह्वान गरेको आमहड्तालको आंशिक प्रभाव परेको छ ।

झापाको बिर्तामोड, काँकरभिट्टा, दमक, भद्रपुरलगायतका मुख्य सहरमा फाट्टफुट्ट सवारी साधनहरू गुडिरहेका छन् । पसलहरु चाहिँ कम संख्यामा खोलिएका छन् । राजमार्गमा लामो दूरीको बस चलेका छैनन् । छोटो दूरीका छोटा हात्ती, टेम्पो, सिटी रिक्सा आदि गुडिरहेका छन् ।

विर्तामोडको मुक्तिचोकमा ट्राफिकको जाम विगतको जस्तै छ । तर विर्तामोडको बीएन्डसी हस्पिटलको गेट नजिक सिटी मार्केट छेउ राजमार्गमा बन्दका आयोजक युवाहरुको एउटा समूह पार्टीको झण्डासहित गाडी जाँच गर्न खटिएको छ ।

त्यसैगरी, विर्तामोडको पश्चिम बस स्टेन्ड नजिक राजमार्गमा समेत बन्दकर्ताको अर्को समूह निगरानीका लागि बसेको देखिएको छ ।

युवा संघका नेता प्रत्युष आजाद रानाले बन्द शान्तिपूर्ण र प्रतिकात्मक भएको बताए । उनले निजी मोटरसाइकल, प्रेस, दुधका गाडी, विरामी बोकेका सबै गाडी, हस्पिटलका सवारी, स्कुलबस लगायतलाई अवरोध नगरिएको बताए ।

बन्दकर्ता छिटफुट मात्रामा सडकमा देखिएका छन् । तर सुरक्षाकर्मीको परिचालन भने बाक्लो देखिएको छ । चोक चोकमा प्रहरी खटिएका छन् । प्रहरकिा गाडीहरु पनि राजमार्ग र सहायक सडकहरुमा बाक्लै गस्तीमा छन् ।

यसैबीच, विर्तामोडका पश्चिम बस स्टेन्डमा बन्दकर्ताले एउटा निजी कार तोडफोड गरेका छन् ।

मे१च १९४२ नम्बरको सो कारलाई बन्दकर्ताले रोकेर किन चलाएको भन्दै तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: