आमाको डायरी लोकार्पण

  प्रकाशित मिति
७ बैशाख २०७३, मंगलवार ०९:५९


चन्द्रगढी । साहित्यकार खगिन्द्रा खुशीद्वारा लिखित कथा सङ्ग्रह ‘आमाको डायरी’ मङ्गलबार एक कार्यव्रmमका बीच लोकार्पण भएको छ ।
कार्यव्रmमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मात्रिका पोखरेलले कथाको लोकार्पण गरेका हुन् ।

लेखनाथ पुस्कालयको आयोजनामा गरिएको कथा लोकार्पण कार्यव्रmममा साहित्यकार पुण्यप्रसाद खरेल, भवानी क्षेत्री, गण्डकी पुत्र, तेजराज खतिवडालगायतले कृतिको समीक्षा गरेका थिए ।

यो सङ्ग्रहभित्र १२ वटा कथाहरु रहेका छन् । समीक्षकले कथामा नारीले भोग्नु परेका अन्याय र अत्याचार विरुद्ध बुलन्द आवाज उठाएको बताएका छन् । उनीहरुले खुशीलाई आगामी दिनमा जस्तोसुकै व्यधा व्यवधानहरुसङ्ग पौठेजोरी खेलेरै भए पनि कथा लेखनलाई निरन्तरता दिने आग्रह गरेका थिए ।

कार्यव्रmममा प्रज्ञा यज्ञराज प्रसाई, प्रज्ञा खेम नेपाली, साहित्यकारहरु डा। भीम खतिवडा, लक्ष्मी उप्रेतीलगायतले खुशीलाई कला र साहित्यमा अग्रगामी पाइला चालिरहेकी सशक्त नारीको संज्ञा दिएका थिए । खुशीको ‘आमाको डायरी ’ पहिलो कृति हो ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको बरिष्ठ साहित्यकार चुडामणि रेग्मीले औचित्य माथि प्रकाश पारेका थिए भने स्वागत मन्तव्य पुस्तकालयकी सचिव आरतीले गरेकी थिइन् ।

कथाकार खुशीको व्यक्तित्व चर्चा लता खरेलले गरेकी थिइन् । कार्यव्रmमको सञ्चालन साहित्यकार कृष्ण सुवेदी निराकारले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: