आमा–छोरी नै उपमेयरको उम्मेद्वार

  प्रकाशित मिति
१७ जेष्ठ २०७४, बुधबार ११:५०


भद्रपुर । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपमेयरको टिकट पाएका छन् ।
नेपाली काङ्ग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भूर्तेलले उपमेयरको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपमेयरकै टिकट पाएकी हुन् ।

‘राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन’, काङ्ग्रेसबाट भद्रपुरको उपमेयर पदकी उम्मेद्वार बनेकी तारा भूर्तेलले भनिन्– ‘पार्टीमा काम गरेको आधारमा मूल्याङ्कन भएको हो ।’

नेपाली काङ्ग्रेसको महासमिति सदस्य समेत रहेकी तारा ७१ बर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपमेयर उम्मेद्वार हुन् ।
उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाअध्यक्ष जितेकी थिइन् ।

२० अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दावी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । ‘अहिले पनि ममा १६ बर्षेले झँै पार्टीको काममा खटिने गर्ने जोश जाँगर छ’, उनी भन्छिन्–‘राजनीति गर्नलाई उमेरले छेक्दैन ।’

त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्व सभापति पनि हुन् ।
विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन् । उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुशी व्यक्त गरिन् ।

भद्रपुरको भुर्तेल परिवार नेपाली काङ्ग्रेसको धेरै पुरानो राजनीतिक घराना हो । सो परिवारबाट काङ्ग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन् । वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सीके प्रसाई लगायतले भुर्तेल परिवारको घरलाई सेल्टरको रुपमा प्रयोग गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: